श्रम गरे गाउँमै सुन फल्छ

0
422


पूर्णबहादुर कटुवाल

लक्ष्मीपुर, माघ ५ । ‘बर्मा गए कर्म संगै, नेपाल आए कपाल संगै’ भन्ने पुरानो उखानलाई धैरै नेपालीले चुनौती दिइ रहेको बेला धेरै कमाउन ठूलो लगानी गरेर विदेश नै जानुपर्छ भन्ने मान्यतालाई अर्जुनधारा ६ का युवा प्रविन लम्सालले तोडिदिएका छन् ।
‘दुईपटकसम्म खाडीको तातो बालुवामा हुँइकिए, तर सोचे जस्तो भएन उनलाई । नत कमाउन नै सकियो, नत पारिवारिक वातावरणमा बस्न नै पाइयो । अहिले दुई कठ्ठा जमिन र करेसाबारी, सानो कुखुरा फार्म, सानो माछा पोखरी, दुई माउ लैना भैसीले खाडी मुलुकमात्र होइन , युरोपयिन देशको भन्दा राम्रो आम्दानी र सन्तुष्टी दिइरहेको छ’ उनले भने । धेरै युवाले विदेशको यात्रा पछि स्वदेश फर्केर यहिको माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिइरहेको बेला यि युवा पनि  सशक्त पात्रका रुपमा थपिएका छन् । उनि भन्छन् – सबै कमाउन जने, खाद्यान्न उत्पादन कोही नगर्ने, बसी बसी खाने, बढ्दो जनसंख्यालाई  कहाँबाट  खाद्यान्न आपूर्ति हुन्छ र ? प्रविनले मेहनत गर्न सिकाएको कथाले जो कोहीको पनि मन छुन्छ नै । उनले अहिले दुइ कठ्ठा जमिनमा बन्दाकोपी लगाएका छन् । मेहनत खासै ठूलो छैन करिब
पाँच हजारविरुवाले अव पन्ध्रदिनपछि देखि एउटै सिजनमा पचासहजारको आम्दानी दिन े कुरामा उनि ढुक्क छन् । आफैले पालेको कुखरा र भैसीको कम्पोष्ट मलको प्रयागबाट अग्र्याानिक उत्पादनमा उनलृ निकै ध्यान दिएका छन् । त्य
ति नैक्षेत्रफलमा गरिएको अग्र्यानिक आलु खेजीले पनि मनै लोभ्याउँछ । सानोगोठकादुइ माउ लैना भैसी, नजिकैको खोरका रहर लाग्दा खसी छेउमै दुइ तीििन सयको संख्यामा पलिएका ब्रोइलर कुखरा  को जम्म आम्दानीबार्षिक दुइलाख बढि ना३छ । घर खेत नै  नबेचि गरिएको लगानी र आफै परिवारको हाँसो र खुशीसित गरिएको शारिरीक श्रमको मिठो आम्दानीकुन विदेशी मुलुकको २० घण्टा सम्म चुहाएको पसिना ले जित्ला र ?
आफ्नै ाउमा शारिरीक श्रम गर्न नरुचाइरहेको बेला प्रविनको कथाले निकै चर्चा पाउनु स्भाविकै हो । कदुइचार पैसा कमाउने भएपछि सुखले खाने र मोजपस्ति गर्ने सपना मात्र युवाले बनिरहे छन् । जसले गर्न गाउा रित्रिएको छ । श्रम गर्ने मानिस को अभाव भएर कृषिजन्य उत्पादनमो मूल्य दिनहुँ आकासिएको छ । यी युवा किसानले सिकाएको पाठमा पछि लाग्न सके स्वस्थकर अग्र्यानिक खाद्यान्नको आपूर्ती , प्रदुषित वातावरणमका कारण् निहुा बढ्दै गएको अस्वस्थता, आफ्नो पसिनाले आफ्नै खेशमा सुुन फलाएर सुख र शन्ति सित पारिवारिक जीवन जिउन असल पाढ हाइन र ? हाम्रा वरिपरि बाझिएका जनिलाई आफ्नै पसिनाले सिंचित गर्न सके आत्मसनर्भ बन्न ुसकिन्छ भन्ने प्रेरणालाई सबैले ढिलो छिटो स्वीकार्नै पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here