एकसय सहकारीले वुझाएनन प्रतिवेदन

0
309

logo-of-purwanchal
बिर्तामोड,माघ ६ । आर्थिक वर्ष २०७०।०७१ मा जिल्लामा संचालित ५०६ वटा सहकारी संस्थाले लेखापरीक्षण र साधारणसभाको स्वीकृति लिए पनि हालसम्म ४०६ वटा सहकारी संस्थाले मात्र साधारण सभाको प्रतिवेदन वुझाएको डिभिजन सहकारी कार्यालय झापाले जनाएको छ ।
झापामा ७६२ सहकारी संस्था दर्ता भएपनि ५० वटा सहकारी संस्था खारेजीे प्रक्रियामा रहेको र  ५० वटा संस्था निस्क्रिय रहने अवस्था पुगेको डिभिजन सहकारी कार्यालय झापाका प्रमुख नेत्रप्रसाद घिमिरेले वताए  । सहकारी संस्थाको  दर्ता प्रक्रिया लिएका मध्ये १७ वटा साझा संस्थाहरु  करोडौंको सम्पत्ति भए पनि सदस्यको निस्कृयताको कारण निस्क्रिय रहेको उनको भनाई छ ।  त्यस्तै अन्य एक सय ५० सहकारीहरु थोरै कारोवार अनि अज्ञानताको कमीका कारण साधारण सभा गर्न नसकिरहेको अवस्था रहेको डिभिजन सहकारी कार्यालयका अधिकृत घिमिरेको भनाई छ । यसरी निस्कृय अवस्थामा रहेका १७ साझा सहकारीहरुमा गरामनी,चन्द्रगढी,अनारमनी, धुलावारी, वुधवारे,हल्दीवारी, गौरिगञ्ज, शिवगञ्ज, महाभारा, वनियानी लगायतका साझा सहकारी सस्था रहेका छन ।  २०४८ साल अघि स्थापना भएका ति सहकारी सस्था सदस्यको  निस्कृयताका कारण सहकारी संस्थानै निस्कृय वनेको घिमिरेले वताए । यस आर्थिक वर्षमा सहकारीको ऐन अनुरुप काम नर्गने एक सय ३९ सहकारी संस्थालाई डिभिजन सहकारी कार्यालयले जरिवाना गर्ने चेतावनी सहित सहकारी मापदण्ड अनुरुप कारोवार गर्न निर्देशन दिएको छ । त्यस्तै  पाँच करोड भन्दा माथिको कारोवार गर्ने २५ सहकारी संस्थाहरुको सहकारी विभागले नै सघन अनुगमन गर्ने योजना सहित अनुगमन शुरु गरेको र सघन अनुगमन पश्चात ती संस्थाहरुको नियमित रुपमा सहकारी मन्त्रालयको प्रत्यक्ष अनुगमनमा राख्ने योजना रहेको वताइएको छ । एक करोड भन्दा बढी कारोवार गर्नेहरुलाई डिभिजन सहकारी कार्यालयले सघन अनुगमन गरिरहेको छ । समस्याप्रद संस्थाहरुको समस्या समाधान गर्न मन्त्रालयमा उच्चस्तरीय आयोग गठन भएको छ भने स्थानीय स्तरमा सहकारी अभियानसंग मिलेर समस्याप्रद संस्थाहरुको अनुगमन गरी सुधार गर्न लगाउने भइरहेको कार्यालय प्रमुख घिमिरेले वताए ।
हाल झापामा  बचत तथा ऋण सहकारी संस्थाहरु २७८ वटा, बहुउद्देश्यीय सहकारी संस्थाहरु १२५ वटा, कृषि सहकारी संस्थाहरु २४७ वटा, सुपारी १९ वटा, चिया ६ वटा,तरकारी १० वटा, दुग्ध २४ वटा, स्वास्थ्य ३ वटा, पर्यटन १ वटा, मौरी पालन १ वटा, उपभोक्ता १३ वटा, जडिवुटी १७ वटा र  जिल्ला सहकारी संघ लगायत विषयगत जिल्लासंघहरु ९ वटा सहकारी दर्ता भइ सञ्चालनमा आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here