विकास निर्माणका काममा नगरले विभेद गरेको छैन- नगर प्रमुख शेर्मा

0
515

शिवगञ्ज,

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले नगर भित्रका विकास निर्माणका कुरालाई लिएर सामाजिक संजालमा बेतुकका स्ट्याटस राखेर गनगन नगर्न शिवसताक्षीका नगरबासीलाई आग्रह गरेका छन् ।
उनले वडा कार्यापालिकाले सम्बोधन गर्न नसकेका क्षेत्रमा बाटो, कलभर्ट, पूल जस्ता पुर्वाधार आवश्यक भए वडा कार्यपालिकाको सिफारिस लिएर सिधै नगरमा आउन नगरबासीलाई आग्रह गरे । शिवसताक्षी नगरपालिकाको वडा नम्बर ४ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार छात्र छात्रालाई विद्यालय पोसाक वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख शेर्माले यस्तो कुरा बताएका हुन् ।
नगरकार्यपालिकाले राजनीतिक आस्था, जात, धर्म, लिङ्ग, बर्ग, समुदाय र भुगोलका आधारमा कसैलाई पनि विभेद नगरिएको उनले प्रष्ट पारे । उनले भने, ‘वडा कार्यपालिका लगायत नगरबाट राजनीतिक दल, भुगोल, धर्म, लिङ्ग, वर्ग विशेषका आधारमा विकास निर्माण लगायत पालिकाबाट हुने सेवा प्रवाहमा कुनै विभेद भएको भए स —प्रमाण पालिकामा आउन नगरबासीलाई अनुरोध छ ।’
त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद चापागाईले विद्यालयको मैदानमा बर्खा याममा वर्षेनी पानी जमेर हिलाम्मे भएको गुनासो गरेपछि नगर प्रमुख शेर्माले बिद्यालयको समस्या पहिलो पटक आफुले सुनेको बताए । ‘यस्ता समस्या रहेछन् । विद्यालय प्रशासन र वडाबाट जानकारी नआएकाले म अनविज्ञ छु,’ उनले भने । नगरमा गुनासो सुन्ने अधिकारी र विषयगत शाखा भएकाले त्यहाँ पनि गुनासो वा सूचना दिन नगर प्रमुख शेर्माले नगरबासीलाई आग्रह गरे ।
‘वडा पालिकामा नगरको सिलिङ बजेट चालु आवमा ६० लाख गएको छ । वडामा वितरीत बजेटले सबै समस्याको समाधान हुन सकेन भने, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर समाधान गर्न नगरपालिका पछि हट्दैन,’ उनले भने । हामिले निर्वाचन ताका जनता संग गरेका बाचा अधिकाँस पुरा भएका छन् भने कतिपय पुरा हुने क्रममा छन् । ‘एकै पटक आँधी आए जस्तो गरेर विकास निर्माणका काम नहुँने बताउदै शेर्माले भने सबै नगरबासीको चित्त बुझ्ने गरी जनप्रतिनिधिले काम गरेकै छन्, गरिरहने छन् ।’
श्रीमान् सहित तीन छोरा गुमाएर पनि समाजसेवाको अग्रपंक्तिमा रहेकी गोपाल गौरी दिगो प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष ईन्दिरा गौतमले आफ्नो माईलो छोरा सरोजको १८ औ पुन्य तिथीका अवसरमा सो बिद्यालयका १८ छात्र छात्रलाई विद्यालय पोशाक प्रदान गरेकी थिइन् । श्रीमान् सहित तीनै छोराको स्मृतीमा उनले वर्षेनी समाजमा रचनात्मक र अनुकरणीय कार्य गर्दे आएकी छन् ।
कार्यक्रममा पालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, विद्यालयका प्रधानाध्यापक चापागाईं लगायतले आफुलाई सामाजिक अगुवा भन्ठान्ने हरुले ईन्दिरा गौतमबाट धेरै कुरा सिक्न रहेको धारण राखेका थिए । विद्यार्थीलाई पोशाक वितरण गर्नुको औचित्यमाथि प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष गौमतले व्याख्या गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here