शिक्षकले पोशाक नलगाए भत्ता रोक्का

0
1055

ताप्लेजुङ ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आइतवारबाट सबै विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यालयमा कार्यरत् शिक्षकले निर्धारित पोशाक नलगाइ विद्यालय आए गाउँपालिकाले पोशाक भत्ता रोक्का गर्ने भएको छ ।

लामो समय कोरोना भाइरसका कारणले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेकाले आजदेखि औपचारिक विद्यालय खोल्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङवाङले जानकारी दिए । सबै विद्यालयमा आवश्यक स्वास्थ्य सुरक्षा सामग्री गाउँपालिकाले उपलब्ध गराउने प्रवक्ता चोङवाङले बताए ।

कक्षा ८देखि १२ सम्मका विद्यार्थीको कक्षा बिहान सञ्चालन हुने भएको छ । ८देखि तलका विद्यार्थीको दिउँसो कक्षा सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता चोङवाङले बताए । शिक्षकलाई तोकिएको पोशाक अनिवार्य लगाएर मात्र विद्यालय हाजिर हुनुपर्ने शिक्षा शाखाका प्राविधिक सहायक अर्जुनकुमार घिमिरेले बताए । पोशाक लगाए÷नलगाएको बारे अनुगमन गर्ने र तोकिएको पोशाक नलगाउने शिक्षकको पोशाक भत्ता कटौती गर्ने निर्णय गाउँपालिकाले गरेको घिमिरेले बताए ।

गाउँपालिकामा माध्यमिक विद्यालय पाँच, निम्न माध्यमिक विद्यालय तीन, आधारभूत विद्यालय २० गरी जम्मा २८ सामुदायिक विद्यालय सञ्चालनमा रहेको शिक्षा शाखा प्रमुख लक्ष्मीमाया गोम्देनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here