एन्फाको स्वास्थ्य संयोजकमा खड्गी मनोनित

0
1440

इलाम,

अखिल नेपाल फुटबल संघ (एन्फा) को स्वास्थ्य समितिको संयोजमा निरोज खड्गी चयन भएका छन् । संघको गत जेठ १९ गतेको केन्द्रिय कार्यसमितिको भर्चुअल बैठकको निर्णय अनुसार उनलाई कार्यसमितिको बाँकी कार्यकालको लागि संयोजक पदमा मनोनयन गरिएको छ ।

उक्त पदमा खड्गी मनोनयन भएसंगै नेपालको फुटबल खेलको विकास र विस्तारमा उनको महत्त्वपूर्ण योगदान हुने विश्वास सहित शुभकामना व्यक्त गरिएको पत्रमा उल्लेख छ । इलाम नगरपालिका-७ स्थानीय घर भएका उनि डेढ दशक देखि जिल्लाको फुटबल खेलको विकास गर्दै यस क्षेत्रमा प्रवेश गरेका हुन् । हाल उनी संघका केन्द्रिय सदस्य छन् ।

अन्तर्राष्ट्रिय अन्डर सिक्सिटन फुटबल प्रतियोगितामा म्यानेजको रूपमा जोर्डन,मलेसिया,भारत, दक्षिण कोरिया, मलेसिया लगायतका मुलुकमा उनले प्रतिनिधि भूमिका निर्वाह गरि सकेका छन् ।

दुई बर्ष अघि एन्फाको केन्द्रिय सदस्य बनेका उनी संघको युथ कमिटी सह-संयोजक समेत सम्हालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here