सहारा सहकारी पत्रकारिता पुरस्कार इन्द्रजित मुखियालाई

0
1004

बिर्तामोड ।

नेपाल पत्रकार महासंघ झापाका सहसचिव एवम् नेपाल टेलिभिजनका झापा संवाददाता इन्द्रजित मुखियालाई यस वर्षको सहारा सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

अढाई दशक अघिबाट टेलिभिजन पत्रकारिता सुरु गरेका पत्रकार मुखियाले आफ्नो संस्था बाहेक पहिलो पुरस्कार पाउने भएका हुन् । उनलाई नेपाल टेलिभिजनले सहासिक पत्रकारिता र उत्कृष्ट जिल्ला संवाददाताको रुपमा पुरस्कृत गरिसकेको छ ।

पत्रकारितामा इमान्दारीता र लगनशिलता नै सफलताको आधार हो भन्ने ठानेका मुखियाले आफ्नो संस्था बाहिर पहिलो पटक पुरस्कृत हुन लागेकोमा आफ्नो कामको मुल्याङ्कन समाजले पनि गर्दो रहेछ भन्ने आभाष भएको बताए ।

संस्थाको कार्यालय चारपानेमा मंगलबार आयोजित २४ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहारा सहकारी पत्रकारिता पुरस्कार मुखियालाई प्रदान गरिने र संस्था स्थापनामा योगदान पुर्याउने व्यक्तिहरुलाई समेत सम्मान गरिने सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए । सहकारीले मंसीर २७ गते  साधारण सभा गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here