भद्रपुरको देवीबस्ती नाकाबाट पाँच बोरा जुत्ता चप्पल बरामद

0
811

झापा ।

भद्रपुर भन्सार कार्यालयमा सेटिङमा राजश्व चुहावट हुने गरेको घटना सञ्चारमाध्यमले छताछुल्ल पारेपछि कारोबारी र व्यापारीहरूले अहिले भन्सार जान छाडेका छन् ।

उनीहरू सीमा नाकाबाट तस्करीको माध्यमबाट सरसामान भित्राउने योजनामा लागि परेका छन् । कारोबारी तथा व्यापारी भन्सार जान छाडेपछि भद्रपुर सीमा क्षेत्रमा सशस्त्रले थप निगरानी बढाएको छ । यसै क्रममा सशस्त्र प्रहरी बल नेपाल २ गण नम्बर झापाले खटाएका सशस्त्र प्रहरीले गएराति पाँच पोका जुत्ता चप्पल बरामद गरेको छ ।

भद्रपुर नगरपालिका ५ स्थित देविवस्ती नाकाबाट भन्सार छलेर भित्राउन लागेको करिब डेढ लाख मूल्य बढीको जुत्ता चप्पल देविवस्ती पोस्टमा खटिएका सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ गण नम्बर झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । सो सामान भद्रपुरका कारोबारी सलमानले भित्राएको प्रहरी स्रोतको दाबी छ ।

बरामद गरिएका जुत्ता चप्पललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जनाइएको छ । त्यसैगरी सशस्त्र प्रहरीले गौरीगञ्जको बैगुनधाराबाट एक पोका र पाँच कार्टुन माछा बरामद गरेको छ ।

भन्सार छलेर भित्राइएको कपडा र माछाका कार्टुनलाई गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । बरामद गरिएका माछालाई आवश्यक कारबाहीका लागि अस्थायी पशु क्वारेनटाइन चेक पोस्ट भद्रपुर बुझाउने तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here