लैङिगक लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियान सम्पन्न

0
1015

गणेश अर्याल ,
इलाम।

बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै लैङिगक हिसा बिरुध्दको १६ दिने अभियान इलामको रोङ गाउपालिकामा बिहिबार सम्पन्न भएको छ ।

यस क्रममा गाउपालिकाको ५ वटा वडामा सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । अभियानको सम्पन्न गर्ने क्रममा गाउपालिकामा समाजमा रहेका कुरिती, कुप्रथा र लैङिगक हिसा बिरुध्द बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

अन्तरक्रियामा बिभिन्न बिद्यालयका बिद्यार्थीहरु शिक्षक प्रतिनिधि संघसस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले समाजमा रहेको कुप्रथाहरुलाई हटाउने उपायको बारेमा आ–आफ्नो धारणा राखेका थिए । यसरी धारणा राख्ने हरुमा शान्तिपुर माध्यमिक बिद्यालयका शिक्षक प्रतिनिधि चन्द्र लकान्द्री, रोङ ५ सामाजिक अगुवा तुलसा ढुङगेल, रोङ २ को तारा ढुङगाना, करुणा फाउण्डेशनका प्रतिनिधि राजकुमार नेपाली शिक्षक गणेश पौडेल, रोङ ३ याङग्रेकी पून्यमति मिश्र, लगायत रहनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउपालिका अध्यक्ष सम्सेर राईले कुप्रथा एकै पटक उखेल्न नसकिने बताउनुभयो । उहाले अव बिद्यालय शिक्षा बाट क्रमस यी प्रथाहरु हटाउनु पर्ने मा जोड दिनु भयो । त्यसैगरी उपाध्यक्ष चन्द्रकला राईले आफूले महिनाबारी भएको अवस्थामा महिलाले भोग्नु पर्ने पिडा र बिभेद अन्त गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष बुध्दिबहादुर ढकाल, ३ का मात्रिका बराल, ४ का सुर्य राई र ५ का युवराज खाप्तुवाले कुरिती र बिभेद अन्त गर्न पहल गर्ने बताउनु भयो । मानब अधिकार मञ्च नेपाल इलामको सहयोगमा रोङ गाउपालिकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here