मानव अधिकार र कोभिड १९ ले पारेको प्रभाव विषयक छलफल

0
562

झापा, ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर झापाको बिर्तामोडमा आज नागरिकका आधारभूत मानव अधिकार र कोभिड १९ ले पारेको प्रभाव विषयक कार्यक्रम सम्पन्न भएको छ ।


मानव अधिकार सञ्जाल झापा र न्याय तथा विकासका लागि सामाजिक संजालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । प्रदेश सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइराला, मानव अधिकार सञ्जाल झापाका विष्णु खरेल, जिल्ला जनस्वास्थ्य कार्यालय झापाका निमित्त कार्यलय प्रमुख इश्वरी प्रसाद पौडेल लगायत, अधिवत्ता कविता शर्मा, एन प्याव्सन झापाका पूर्व अध्यक्ष संञ्जीव राई लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, मानव अधिकारकर्मी सहभागी थिए । कार्यक्रमको सहजीकरण मानव अधिकारकर्मी झापाका सचिव रुपक खनालले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here