बलात्कारका घटनामा मिलापत्र गराउने ६ जना पक्राउ

0
771

झापा।

बलात्कारका घटना दिनप्रतिदिन बढी रहेका बेला बलात्कारको घटनालाई मिलापत्र गराएको अभियोगमा प्रहरीले मोरङबाट ६ जनालाई पक्राउ गरेको छ ।

बलात्कारमा परेकी युवती पक्षलाई पाँच लाख रुपैयाँ दिएर घटना मिलापत्र गराउने ६ जना पक्राउ परेका हुन् । गएको भदौमा धनपालथान गाउँपालिका ५ मा खेतमा मल छरिरहेकी २१ वर्षीया युवतीमाथि बेलबारी नगरपालिका ८ का सुरेशकुमार खवासले बलात्कार गरेर भागेका थिए । घटनापछि पीडित युवतीका परिवारलाई पाँच लाख रुपैयाँ दिएर मिलापत्र गराइएको थियो ।

मिलापत्र गराउने धनपालथान गाउँपालिकाका धनेशु खवास, सुधारसिंह खवास, मागन खवास, कलकनु खवास, जगतनारायण खवास र बेलबारी नगरपालिकाका मथालु खवासलाई प्रहरीले पक्राउ गरेको हो । बलात्कार गरेर फरार रहेका सुरेशकुमार खवास मङ्सिर १९ गते पक्राउ परेपछि घटना मिलापत्र भएको खुलेको प्रहरीले जनाएको छ ।

मिलापत्र गराएको कागजातसमेत बरामद गरेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here