स्वास्थ्य भवनका लागि ३० लाख रुपैयाँको जग्गादान

0
564

बिर्तामोड ।

स्वास्थ्य इकाइ भवन निर्माणका लागि झापा बिर्तामोड–३ सैनिकमोडका श्रीप्रसाद शिवाकोटीले निःशुल्क जग्गा प्रदान गरेका छन् ।

बिर्तामोड नगरपालिकाले बिर्तामोड–१० तेलगानीमा निर्माण गर्न लागेको सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माणका लागि शिवाकोटीले दुई कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका हुन् ।
आफ्ना पितृहरुको स्मृतिमा स्वास्थ्य इकाइ भवन निर्माणका लागि ३० लाख रुपैयाँ मूल्य बराबरको दुईकठ्ठा जग्गा निःशुल्क प्रदान गरेको बताउँदै उनले स्वास्थ्य इकाइ भवन निर्माण गरेर त्यसक्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्याउन आग्रह गरे ।

बिर्तामोड नगरपालिकाका मेयर धुव्रकुमार शिवाकोटीलाई जग्गादाता शिवाकोटीले जग्गाधनीको धनीपूर्जा हस्तान्तरण गरेका थिए । हल्दिबारी माविका शिक्षक, जनता प्रावि हल्दीवारीका प्रधानाध्यापक हुँदै गरामनी माविका शिक्षक भएर अनिवार्य अवकास लिएका उनी पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

झापाका १५ वटै स्थानीय तहमा निर्माण भएका अधिकांश स्वास्थ्यका भवन स्थानीय दाताहरुले नै जमिन दिए बनेका छन् । दाताले आफ्ना ठाउँका सर्वसाधारणलाई सहज रुपमा स्वस्थ्य सेवा लिन सकून् भन्दै निःशुल्क जग्गा दान गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here