
सुजना खतिवडा
छोरी चेली पुर्याएर कोठीको वेदनातिर
पति भक्त छ नारीता भन्नुमा व्यर्थ छैन र ?
छोरी चेली सबै नारी एैसाका सव माध्यम
हरे नेपाली बन्धु हो पापको छैन डर किन ?
पुर्खाको गरिमा भुली हिड्छाै पाश्चात्यै भै किन ?
आफ्नो भाषा सबै भुली कन्छौ अङ्ग्रेजी लौ किन ?
गोर्खाली हुँ भनी चिन्ने के छ योग्दान लौ भन ?
अर्काको गरिमा बोकी व्यर्थ तिम्ले रमाउन
सौन्दर्य देशको वेची पेन्ट धोती भीरी दिने
नेपाली ममता ,माया विदेशी भै तुहाउने ?
शिक्षाको ज्योति कस्तोयो युवा शक्ति भुलाउने
अर्थहीन दिई शिक्षा बेवारिसे बनाउने ?
आमाको चीत्कारको व्यथाले जन्मदै र मर्दै छु म
जन्मी सक्न नपाउँदै गिद्धको आहार बनी रहेछु म
मुल्य छैन मेरो आज गिद्धको शिकारमा पनि
स्वाद भोग्न सक्दैन मेरो उपियाँको टोकाइले पनि
प्राणी भए सबै वुद्ध कुकृत्य खेलमा पसि
बेवारिसे भयो मान्छे कर्म धर्म सबै डसी
माया हरायो श्रृस्टीमा आमाको कोखमा पनि
हजारौं मठको माली कराडौ इश्वरै भए पनि
धनधान्य सबै नस्ट शान्ति प्यार गरे पनि
मदीरा भरिको जोशलाई, धर्म रहेछ नी
भोका दुःखी सबै मर्ने अर्कोको स्वार्थ भर्दिन
लाटा सिधा लडाएर धुर्त बाठा चढाउन ।।



























