कर्णाली साकोसको नाफा पाँच करोड भन्दावढी

0
624

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

झापाको बिर्तामोड नपा –४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा पाँच करोड भन्दावढी नाफा कमाएको छ ।

 

शनिवार हुने संस्थाको २०औं बार्षिक साधारणसभाको जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा पाँच करोड ३८ लाख ६१ हजार ६ सय १० रुपैयाँ नाफा कमाएको जानकारी दिइएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा संस्थाको नाफा कमाउने लक्ष्य आठ करोड भएपनि विश्वब्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा लक्ष्य अनुसारको नाफा कमाउन नसकिएको संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले संस्थाको २०औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने बार्षिक प्रगति प्रतिवेदन बारे जानकारी गराएका थिए ।

संस्थाको शेयर सदस्य ३३ हजार नौ सय ५९ जना , शेयर पूँजी २८ करोड तीन लाख ५१ हजार पाँच सय रुपैयाँ, निक्षेप एक अर्व तीन करोड ७० लाख २६ हजार ४९ रुपैयाँ ,ऋण लगानी दुई अर्व एक करोड ८५ लाख तीन सय ९० रुपैयाँ , आम्दानी ३२ करोड ५१ लाख४८ हजार नौ सय २८ रुपैयाँ , खर्च २६ करोड ८५ लाख ८७ हजार तीन सय १० रुपैयाँ र नाफा पाँच करोड ३८ लाख ६१ हजार ६ सय १० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले विश्वब्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासबाट बच्न सरकारले जारी गरेको लकडाउनको चार महिनाको अवधिमा ऋणी सदस्यहरुलाई व्याजमा ५–१० प्रतिशत छुट गर्दा ३५ लाख ४३ हजार सात सय ३१ रुपैयाँ व्याज छुट , लकडाउनका कारण सामान्य आयआर्जन गर्ने तथा दैनिक मजदुरी गर्ने सदस्यहरुलाई जीविकोपार्जन तथा व्यवसाय पुर्नस्थापित गर्न पाँच हजार रुपैयाँसम्म निब्र्याजी ऋण, १० हजारसम्म १० प्रतिशतसम्म ब्याजदरमा ऋण उपलब्ध गराइएको जनाएको छ । त्यस्तै संस्थाका सदस्यले तिर्नुपर्ने ऋणको पुस मसान्तसम्ममा कुनै पनि हर्जना नलिने र सदस्यले क्षमताअनुसार किस्ता क्रमशः तिर्न सक्ने संस्थाले जनाएको छ ।

त्यस्तै संस्थाले सदस्य उपचारकोषमा आवद्ध विरामी सदस्यहरुलाई ३३ लाख २३ हजार पाँच सय ६३ रुपैयाँ उपचार खर्च , कर्जा सुरक्षण कोषमा आवद्ध भई मृत्युवरण गरेका सदस्यका नामको २३ लाख ३४ हजार दुई सय २४ रुपैयाँ कर्जा मिनाह , जीवन तथा आवास कोषमा आवद्ध सदस्य र उनीहरुका परिवारका सदस्यको मृत्युमा ३१ लख १९ हजार आठ सय रुपैयाँ काजकिरीया खर्च प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी झापाका १५ वटा पालिकामा स्थानीयतहले स्थापना गरेको कोरोना कोषमा आठ लाख रुपैयाँ प्रदान गरेको , पीसीआर ल्याव स्थापना गर्न एकका लागि एक अभियानलाई एक लाख एघार हजार रुपैयाँ प्रदान गरेको , यस वर्ष उद्धार बचत तथा ऋण सहकारी संस्था दमक –६ , गतिशिल बचत तथा ऋण सहकारी संस्था अर्जुनधारा –६ , ग्रामिण कृषी सहकारी संस्था शिवगञ्ज र वेल्टार कृषी सहकारी संस्था खुदुनावारी बीच एकीकरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले कोरोना महामारीका कारण सदस्यहरुलाई व्यवसायिक परियोजना सञ्चालन गर्दा १२ प्रतिशत व्याजमा कर्जा लगानी गर्ने , संस्थाले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा १५ प्रतिशतसम्म ब्याज लिने बताउँदै १९ वुँदे संस्थाको व्यवसायिक योजना २०७७ प्रस्तुत गरेका थिए ।

कोरोना महामारीका कारण सरकार र सहकारी विभागको साधारण सभा सम्वन्धी निर्देशन अनुसार संस्थाको २०औं बार्षिक साधारणसभा संस्थाका सञ्चालक समिति , लेखा समिति , ऋण उपसमिति तथा विभिन्न उपसमितिका पदाधिकारी , प्रतिनिधी शेयर सदस्यहरुको सहभागितामा  शनिवार बिर्तामोडको आदर्श व्याङ्क्वेटमा गरिने संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रमको सञ्चालन संस्थाका ऋण विभाग प्रमुख मनोहरी निरौलाले गरेको संस्थाका जनशक्ति विभाग प्रमुख लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here