इतिहासकै न्यून स्कोरमा समेटियो भारत, कुनै पनि खेलाडीले बनाएनन् दोहोरो अंकको रन

0
1031

काठमाण्डाै, 

भारतले आफ्नो टेष्ट इतिहासकै न्यून स्कोरको रेकर्ड बनाएको छ ।

अष्ट्रेलियासँगको पहिलो टेष्टको दोस्रो पारीमा ३६ रन मात्रै बनाउन सकेपछि भारतको न्यून स्कोरको रेकर्ड बनेको हो । यसअघि सन् १९७४ मा भारतले इङ्ल्याण्डसँगको खेलमा ४२ रन मात्रै बनाएको थियो ।

भारतलाई इतिहासकै न्यून स्कोरमा समेट्न अस्ट्रेलियाका प्याट कमिन्सले ४ र जोस हजलउडले ५ विकेट लिए । आज ९ रनमा एक विकेट गुमाएको अवस्थाबाट खेल थालेको भारतले ९ विकेटको क्षतिमा ३६ रन मात्र बनायो । भारतका मोहम्मद शामी घाइते भएका कारण अष्ट्रेलियालाई ९० रनको चुनौती दिएको छ ।

यसअघि भारतका पृथ्वी शाव चार रनमा आउट भए । मय‌ंक अग्रवाल ९, हनुमान विहारी ८, विराट कोहली र रिद्धीमान शाह ४/४, जस्प्रित बुमराह २, पुजारा, अजेयंके रहाणे र रविचन्द्रन आश्विन रन नै जोड्न सकेनन् । भारतले पहिलो पारीमा दुई सय ४४ रन बनाएको थियो ।

उसका लागि विराट कोहलीले ७४, चेतेश्वर पुजाराले ४३ र अजिन्क्या रहाणेले ४२ रन बनाए । अस्ट्रेलियाले पहिलो पारीमा एक सय ९१ रन बनायो । उसका लागि टिम पेनले सर्वाधिक ७३ रन बनाए । त्यस्तै मार्नुस लाबुशेनले ४७ रनको योगदान गरे । बलिङतर्फ भारतका रविचन्द्रन अश्विनले चार तथा उमेश यादवले तीन विकेट लिए ।

यी दुई देशले चार खेलको टेस्ट शृङ्खला खेल्न लागेका हुन् ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here