झिलझिलेको वाटक किङडम पार्क खुल्यो, फोटो खिच्नेको घुइँचो

0
1192

विनोद सापकोटा
झापा ।

पर्यटकीय नगर शिवसताक्षीमा अत्याधुनिक वाटर किङडम पार्क संचालनमा आउन थालेको छ । निर्माणाधीन अवस्थामै कोरोना भाईरसका कारण थलिएको पार्कको साता अघि देखी काउण्टर खुल्ला गरिएको हो । विधिवत उद्धघाटन भने पछि गरिने संचालक राजकुमार संग्रौलाले जानकारी दिए ।
पार्क भित्र संचालन हुने होटल, रेष्टुरेन्ट, वार र क्यासिनो पनि संचालनको तयारीमा छन् । पार्कमा आउने पर्यटकका लागि आवस्यक पर्ने यी सुविधा यसै साता देखी संचालनमा आउने संग्रौलाले बताए ।

जिप लाईनका दुई आईटम सिङगल र सुपरमेन सुरु भएका छन् । यो खेल साहसिक खेल हो । जमिन बाट ५८ फिटको उचाईमा रहेको १५८ मिटर दुरीको जिपलाईन संचालन भइरहेको छ । उद्धघाटन पूर्व पार्कले निर्धारण गरेको मुल्यमा छुट दिएर जिप लाईन संचालन भईरहेको संचालकले बताएका छन् ।

माघपछि पार्क भित्र पानीको सहायतामा खेलिने १३ प्रकारका खेल पनि सुरु हुने छ । संग्रौलाका अनुसार ३० फिटको उचाइमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय फिट लामो स्लाइडिङ गरी स्वीमिङ पुलमा उत्रिदै पानीको मज्जा लिन सकिने वाटर किङडम प्रालिका संचालक संग्रौलाले बताए ।

त्यसै गरि ३० फिटको उचाईमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय फिट लामो फ्ल्यास पुलमा ल्याण्ड गर्न सकिने छुट्टा छुट्टै स्ट्रेट स्लाइड र वेभ स्लाइड निर्माण गरिएका छन् । वाटर किङडम प्रालिले २८ करोड लागतमा अत्याधुनिक पार्क निर्माण गरेको हो । २ विगाह क्षेत्रफलमा फैलिएको वाटर पार्क करिब २ वर्ष निर्माण सम्पन्न गर्न लागेको संग्रौलाले बताए । ‘लकडाउन नहुँदो हो त १५ महिनामा निर्माण सक्ने योजना थियो,’ संग्रौला भने । यो पार्कमा आएर परिवार, बालबच्चा सहित रमाउन सकिने संग्रौलाले बताएका छन् ।

झापाका १५ स्थानीय तह मध्ये शिवसताक्षी नगरपालिका धार्मिक दृष्टीकोणले महत्वपुर्ण पालिका हो । पौराणीक कथासंग यहाँका सताक्षीधाम, चिल्लागढ, कनकाई नदि र दोमुखा पर्यटकीय क्षेत्र जोडिएका छन् । नगर भित्र अर्को अत्याधुनिक प्रकृतिको पार्क निर्माण भएपछि सबै उमेर समूहका मानिसले मनोरञ्जन लिन सक्ने भएका छन् । शिवसताक्षी नगर उध्योग बाणीज्य संघका कोषाध्यक्ष कृष्ण खरेलले शिवसताक्षी आउने पर्यटकका लागि नयाँ गन्तब्य अब पार्क हुने दावी गरेका छन् ।

वाटर पार्कमा प्रालिले बोरिङ गरेर पानी निकालेको छ । पानीलाई उच्च प्रविधिमा प्रशोधन गरेर प्रयोगमा ल्याएको प्रालीका अर्का संचालक सौजन संग्रौलाले बताए । पार्क खुल्ला हुन थालेपछि यहाँ आएर फोटो खिच्ने, जिपलाईनको मज्जा लिनेको संख्या बढ्न थालेको छ । उर्लाबारी ६ को होल्ली चाइल्ड बोर्डिङ स्कुलका ७६ विद्यार्थीले पार्कमा आएर मज्जा लिए । कक्षा ११ को व्यवस्थापन संकाय तर्फका ट्राभल एण्ड टुरिजम विषयका विद्यार्थीलाई विद्यालय प्रसाशनले पार्कमा ल्याएको हो ।

विद्यार्थीलाई पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन गराउन पार्कमा ल्याईएको विद्यालयका संस्थापक खड्ग डाँगीले बताए । उनले पार्कमा रहेको जिपलाइनको मज्जा विद्यार्थीले लिएको जानकारी दिएका छन् । पार्कमा आएका अनुप धिमाललाई जिपलाइन खेल्दा सुरुमा अब मरिएछ भन्ने लागेको थियो तर पछि मज्जा आएको उनले बताए । ५ सय रुपैयाँ तिरेर जीवनमा पहिलो पटक जिप लाईनको मज्जा लिएको उनले सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here