ताप्लेजुङमा सम्पन्न रेडवुल जिल्ला स्तरिय राष्ट्रिय लिग जित्दै लिङ्तेप सि डिभिजनमा प्रवेश

0
570

ताप्लेजुङ, माघ १३ ।  ताप्लेजुङमा आज सम्पन्न रेडवुल जिल्ला स्तरिय राष्ट्रिय लिगको फाइनल खेल जित्दै प्रगतिसिल युवा समाज लिङ्तेप क्षेत्रीय रेडवुल लिग सि डिभिजनमा प्रवेश गरेको छ । फाइनलमा प्रवेश गरेका प्रगतिसिल युवा समाज लिङ्तेप र सिसास खोक्लीङ वीच आज दिउसो भएको खेलमा प्रगतिसिल युवा समाज लिङ्तेप ले ४÷० को गोल अन्तरले सिसास खोक्लीङ लाई पराजित गर्दै सि डिभिजनमा वढुवा भएको हो । खेलको २९ औ मिनेटमा खेल क्याप्टेन विस्व लिम्वूले गोल गरेका थिए भने ३५ र दोश्रो हाफको ९१ औ मिनेटमा दिपक पतंवाले गोल गरेका थिए । यस्तै खेलको दाश्रो हाफकै ७२ औ मिनेटमा सन्तोष गुरुङले गोल गरेका थिए । सेमिफाइनल खेलमा प्रगतिसिल युवा समाज लिङ्तेपले नव प्रयास हाङ्देवालाई २÷१ को अन्तरले पराजित गर्दै फाइनलमा ठाउ पक्का गरेको थियो भने सिसास खोक्लिङ ले ढुंगेसाघुलाई ६÷२ को अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । गत ९ गते वाट  सुरु भएको प्रतियोगितामा विभिन्न १० वटा टिम को सहभागिता रहेको थियो । यसै विच सि डिभिजनमा प्रवेश टिमका खेल क्याप्टेन विस्व लिम्वुले हार जित जस्को भए पनि जित ताप्लेजुङको भएको भन्दै अव वि डिभिजनमा प्रवेशका लागि आफुहरु कडा मेहनत गर्ने वताएका छन् । आफुहरुको जितनै ताप्लेजुङको गौरव हुने भन्दै उनले सवैलाई खेल क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छन । sb

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here