फोटो पत्रकारिता (फोटोग्राफी) तालिम

0
2260

बिर्तामोड  ।

नेपाल फोटो पत्रकार महासंघ झापा शाखाको प्राविधिक सहयोग र मनकामना कलेजको सहजीकरणमा शुरु भएको सात दिवशिय फोटो पत्रकारिता (फोटोग्राफी) तालिम बुधबार सम्पन्न भएको छ ।

मनकामना कलेज बिर्तामोडमा ब्याचलर तेस्रो बर्षमा फोटो पत्रकारिता विषय अध्ययनरत् विद्यार्थीहरुलाई फोटो पत्रकारिता र फोटोग्राफी सम्बन्धी कार्यशालासहित शुरु भएको तालिममा कलेजका फोटो पत्रकारिता विषयमा अध्ययन गर्दै आएका ३० जना भन्दा बढी बिद्यार्थीहरु सहभागी थिए ।

नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य तथा झापा शाखाका निवर्तमान अध्यक्ष सिद्धार्थ नविन उप्रेती , नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, कोषाध्यक्ष शरद जोशी , सचिव विष्णु लामिछाने, फोटोपत्रकार लोकेश अधिकारी, धर्म प्रसाई लगायतले तालिमको सहजीकरण गरेका थिए ।

 

गत आइतबारबाट शुरु भएको तालिम अन्तर्गत दुई दिन मनकामना कलेजमै आधारभूत फोटो पत्रकारिता सम्बन्धी अन्तरक्रिया गरिएको र अन्य दिन झापाका विभिन्न स्थानमा गएर क्यामरा प्रयोग बिषयमा प्रयोगात्मक प्रशिक्षण गराइएको थियो ।

 

बुधबार भएको तालिम समापन कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य तथा झापा शाखाका निवर्तमान अध्यक्ष सिद्धार्थ नविन उप्रेती , नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, कोषाध्यक्ष शरद जोशी , फोटोपत्रकार धर्म प्रसाई ,मनकामना कलेजका प्राचार्य कुमार थपलिया , पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलालगायतले तालिममा सिकेको सिप व्यवहारमा उतार्न सहभागिलाई आग्रह गरेका थिए ।

 

त्यस्तै सहभागीको तर्फबाट सरोज खरेल ,प्रशान्त दाहाल र जुनु लिम्वूले तालिम फलदायी भएको बताएका थिए ।
कार्यक्रममा मनकामना कलेजका शिक्षक तथा सामाजिक कार्य विभाग प्रमुख सौरभ प्रसाईले कितावमा मात्र फोटो पत्रकारिता अध्ययन गर्दै आएका विद्यार्थीलाई अझ छिटो र सहज रुपमा सिकाउन सजिलो र प्रभावकारी बनाउन यस पटक प्रयोगात्मक सिकाई अभ्यास सुरु गरेको र जसअन्तर्गत विद्यार्थीहरुलाई फोटो पत्रकारिता र फोटोग्राफी सम्बन्धी कार्यशालासहित तालिम प्रदान गरिएको बताए ।

कार्यक्रमको सञ्चालन अनु पौडेलले गरेकी थिइन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here