रासस अध्यक्षमा सहसचिव पराजुली

0
437

काठमाडौँ, माघ १४ । सरकारले राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्ष पदमा सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव उमाकान्त पराजुलीलाई तोकेको छ ।
pu
मन्त्रिपरिषद्को यही माघ ९ गतेको  निर्णयानुसार श्री पराजुलीलाई अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको समेत कामकाज गर्नेगरी तोकिएको  सूचना तथा सञ्चार मन्त्रालयबाट प्राप्त पत्रमा जनाइएको छ ।

विसं २०४० मा परराष्ट्र मन्त्रालयबाट सरकारी सेवामा प्रवेश गर्नुभएका अध्यक्ष पराजुलीले विगतमा सामान्य प्रशासन मन्त्रालय, पर्यटन मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, मन्त्रिपरिषद् सचिवालय, नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा सांस्कृतिक सहचारी, मुद्रण विभागका महानिर्देशकको समेत जिम्मेवारी निर्वाह गरी सकेका छन ।
विसं २०१५ मा स्याङ्जा जिल्लामा जन्मिएका अध्यक्ष पराजुलीले त्रिभुवन विश्वविद्यालयबाट स्नातक र जर्मनीबाट मास्टर इन पब्लिक एडमिनिस्ट्रेटिभ साइन्सको समेत अध्ययन गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here