एनएमबि बैंकको एकै दिनमा तीन शाखा रहित सेवा

0
558

झापा ।

एनएमबि बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्धेश्यको साथ एकै पटक तीन नयाँ स्थानमा शाखा रहित सेवा संचालनमा ल्याएको छ ।

बैंकले प्रदेश–१ मा रौतमाई गाउँपालिका–६, चिसापानी, उदयपुर, प्रदेश २ मा क्रमशः तिरहुत गाउँपालिका–४, डिमन, सप्तरी र तिलाठी कोइलाडी गाउूपालिका–८, टोपा सप्तरीमा उक्त सेवा सञ्चालनमा ल्याएको हो । यो समेत बैंकको शाखा रहित सेवाको संख्या ३३ पुगेको छ ।

हालको परिवेश र सम्बन्धित सवैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दुरी सहित सुरक्षाका सम्भव उपायहरु अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी वर्ग र बैंकको केन्द्रिय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यहरु भने भर्चुअल रुपमै उपस्थित भई उक्त सेवाको शुभारम्भ गरिएको बैंकका प्रदेश २ का प्रमुख राजेश तिम्सिनाले बताए ।

बैंकले आफ्ना नवीनतम् सेवा सुविधाहरू लिएर ग्राहकहरूसम्म पुग्ने क्रम जारी राखेको छ । सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखा रहित सेवाले देशभरिका सर्वसाधारण साथै सबै सेगमेण्टको वित्तीय आवश्यकतालाई पुरा गर्ने प्रयास गर्नुको साथै र्बैकको उपस्थितिको आधारलाई मजबुत बनाउनेछ विश्वास गरिएको छ ।

एनएमबि बैंकले १८० शाखाहरु, ९ विस्तारित काउन्टरहरु, ३३ शाखा रहित सेवा, १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै ४०० पोस मसिन र १०,००० भन्दा बढी क्यूआर कोड मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here