गुणस्तरीय कृषि सहकारीमा अधिकारी

0
537

बिर्तामोड ।

बिर्तामोड – १ मा रहेको गुणस्तरीय कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा गुरुप्रसाद अधिकारी चयन भएका छन् ।

 

संस्थाको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनले अधिकारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको थियो ।

नवगठित समितिको उपाध्यक्ष केदार ढुंगाना , सचिव कर्ण पौडेल , कोषाध्यक्ष कृष्णकुमारी खनाल रहेका छन् ।

 

 

त्यस्तै सदस्यहरुमा गंगाराम नेउपाने , योगेन्द्र खतिवडा , ममता गुरुङ , महेन्द्र रिजाल , सुरेन्द्र खरेल , हसिना अधिकारी , चन्द्र पौडेल रहेका छन् ।

त्यसैगरी सोही साधारण सभाले दिनेशकुमार पोखरेल संयोजक रहेको लेखा तथा सुपरिवेक्षण समिति गठन गरेको छ । समितिको सदस्यहरुमा अञ्जु लामिछाने र प्रेमबहादुर निरौला रहेका छन् ।

 

संस्थाका अध्यक्ष गुरुप्रसाद अधिकारीको अध्यक्षता तथा विर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेन्द्रप्रसाद खरेलले स्वागत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखा अधिकृत डिल्ली दाहाल , झापा जिल्ला सहकारी संघकी सञ्जु देवानलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

 

कार्यक्रममा उत्कृष्ट बचतकर्ता निर्मला पोखरेल न्यौपाने , असल ऋणी दुर्गादेवी लिम्वूलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष गुरुप्रसाद अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको शेयर सदस्य एक सय २८ जना , शेयर पूँजी ४५ लाख ८९ हजार आठ सय रुपैयाँ , निक्षेप ४२ लाख एक हजार दुई सय ९५ रुपैयाँ , ऋण लगानी ८९ लाख ६७ हजार आठ सय ९९ रुपैयाँ , आम्दानी १४ लाख चार हजार ४६ रुपैयाँ १८ पैसा , खर्च १२ लाख १२ हजार तीन सय ८६ रुपैयाँ सात पैसा , नाफा एक लाख ९१ ह्जार छ सय ६० रुपैयाँ ११ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा संस्थाका सचिव कर्ण पौडेलले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने लेखा तथा सुपरिवेक्षण समितिका संयोजक गोपालप्रसाद लामिछानेले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव कर्ण पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here