महिला उद्यमीलाई ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा

0
1913

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

नेपाल उधमशिल महिला संघ झापाको आयोजना र एक्सेल डेभलपमेन्ट बैंकको सहयोगमा ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

नेपाल उधमशिल महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा एक्सेल डेभलपमेन्ट बैंकका सिइओ दिनेशकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष ऐश्वर्या पाण्डेले स्वागत गरेकी थिइन् ।

 

 

कार्यक्रममा बिर्तामोड –६ कि वडासदस्यहरु पवित्रा ढुंगाना, शोभा विक , लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष उर्मिला विमली खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा एक्सेल डेभलपमेन्ट बैंकका ऋण अधिकृत शिवकुमार गिरीले कार्यक्रममा सहभागी ४० जना महिला उद्यमीहरुलाई ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा सम्बन्धी जानकारी गराएका थिए ।

 

उनले सरकारले महिला उद्यमशील क्षमताको विकास गर्नका निम्ति पन्ध्र लाख रुपैयाँसम्म ऋणमा ब्याज अनुदान दिने सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ मा व्यवस्था भए बमोजिम एक्सेल डेभलपमेन्ट बैंकले महिला उद्यमीहरुका लागि महिला उधमशिल कर्जा दिँदै आएको जानकारी दिए ।

 

उनले ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा लिन चाहिने आवश्यक कागजात , ऋण तिर्ने समयावधि लगायतका बारेमा सहभागिलाई जानकारी गराएका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल उधमशिल महिला संघ झापाकी सचिव यसोदा भट्टराईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here