सिम्रिकको नेतृत्व मृत्यु राहत लिएर पुगे कर्मचारी निवास

0
593

हल्दिबारी । 

झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा कर्मचारी परिवारमा शोक व्यक्त गर्दै मृत्यु राहत प्रदान गरेको छ ।

संस्थाको सदस्य सेवा केन्द्र गोलधापका बजार प्रतिनिधि गोकर्ण घिमिरेको बुवाको निधनमा सिम्रिक साकोस परिवारले काजकिरिया खर्च एवम् मृत्यु राहतसहित समवेदना अर्पण गरेको हो ।

सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, सचिव इन्द्रबहादुर कार्की एवम् विभागीय प्रमुख, सेवा केन्द्र प्रमुख र कर्मचारीहरुले सोमबार बिहान घिमिरे निवासमा गएर कर्मचारी एवम् शेयर सदस्यको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

संस्थाले घिमिरेको मृत्युमा ६० हजार रुपैयाँ मृत्यु राहतसहित समवेदना पत्र प्रदान गरेको हो । संस्थाको मुख्य नेतृत्वले घिमिरे परिवारलाई सान्त्वना दिँदै जन्म पछि मृत्यु निश्चित रहेकाले धैर्यधारण गर्न र आफूहरु पनि उत्तिकै दुखित रहेको भन्दै समवेदना अर्पण गरेको छ । श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन संस्थाका सचिव इन्द्रबहादुर कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here