शेखर कोइरालाको नेतृत्वमा विराटनगरमा कांग्रेसको प्रदर्शन

0
896

मोरङ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले मोरङका विभिन्न निर्वाचन क्षेत्रमा पनि विरोध प्रदर्शन गरेको छ । यसक्रममा विराटनगरमा पनि प्रदर्शन गरिएको छ ।

कांग्रेस नेता डा. शेखर कोइरालाको नेतृत्वमा विराटनगरमा आयोजित प्रदर्शनमा नेता कार्यकर्ताहरुले सडकमा र्‍याली निकालेका छन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले पुस ५ गते संसद् विघटन गरेको विरोधमा कांग्रेसले देशको १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो ।

कांग्रेसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here