पाराबारीमा आधारभूत स्वास्थ्य केन्द्र भवनको शिलान्यास

0
922

झिलझिले ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विनियोजित मध्ये २५ लाख रुपैयाँको लागतमा शिवसताक्षी नगरपालिका वडा नम्बर ३ को पाराबारीमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण हुने भएको छ । ३८ लाख विनियोजित बजेटमा ठेकेदारले २५ लाख रुपैयाँमा उक्त योजना सम्पन्न गर्नेगरी ठेक्का सकारेका हुन् ।

स्थानीय लायनबहादुर राईले दान गरेको ३ कठ्ठा जग्गा क्षेत्रमा भवन निर्माण हुन लागेको हो । वडा अध्यक्ष पुन्य सापकोटाले लाखौ मुल्यको जग्गा स्वास्थ्य केन्द्र स्थापनाका लागि दाताले दान गरेपछि पाराबारीमा स्वास्थ्य केन्द्र निर्माण हुने बताए । उनले लाखौं मुल्य पर्ने जग्गा दान गर्ने दानवीरलाई सरकारले सम्मान गर्नुपर्ने पनि बताएका छन् ।

वडा नम्बर २, ३ र ५ का करिब ४ हजार ५ सय वडाबासीले स्वास्थ्य केन्द्र निर्माण भएपछि प्रत्यक्ष लाभ लिन सक्ने छन् । झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश (१)का सांसद झलकसिंह दर्लामी मगर र शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले एक कार्यक्रमका बिच शनिबार भवनको शिलान्यास गरेका हुन् ।

सांसद मगरले जनता सामु निर्वाचनताका गरेका बाचा क्रमस पुरा हुँदै गएको बताए । ‘हामीले निर्वाचनमा तपाईँहरुको अमुल्य मत माग्न घर घरमा जाँदा बाटो, पुल, कलभर्ट, स्वास्थ्य केन्द्र, बिजुली लगायतका पुर्वाधार निर्माण गर्ने बचन दिएका थियौं,’ सांसद मगरले भने ‘जनता सामु गरेको बाचा अनुरुप पाराबारीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापनाका लागि भवन निर्माण सुरु भएको हो ।’ गाँउ गाँउबाट समाजबादको आधार तयार गर्दे सुखी नेपाली समृद्ध नेपाल बनाउने सरकारको योजना सफल हुँदै गएको पनि उनले दावी गरेका छन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले तत्कालिन नेकपा एमालेबाट उम्मेद्वारको टिकट पाएका कारण जनताले दिएको मतले बिजयी भएपछि नगर समृद्धीको आधार खडा भइरहँदा त्यसको प्रभाव देखिने गरि पार्टीले प्रचार प्रसारका काम गर्नुपर्ने बताए ।

जनप्रतिनिधिले गरेका कामको मुल्याँकन गर्न नगर प्रमुख सेर्माले पत्रकारलाई अनुरोध गरे । सरकारको जनबिकासका कामलाई पार्टीले मुल्याँकन गरेको उनले बताए । ‘सबै राजनीतिक दलले आआफ्नो ढंगबाट जनप्रतिनिधिले गरेको कामको मुल्याँकन गर्नुभएकै छ । कतिले देखिने गरि बोल्नु भएको छ त कतिले नदेखिने गरि बोल्नु भएको छ,’उनले भने । ‘हामीले बुझे अनुसार सबै राजनीतिक दलले जनप्रतिनिधिले गरेको कामको प्रशंसा गर्नुभएकै छ,’ नगर प्रमुख शेर्माले भने ।

भवन शिलान्यास कार्यक्रममा नगरकी उपप्रमुख भोजकुमारी नेपाल, नगरका अन्य जनप्रतिनिधि, नेकपाका जिल्ला सचिवालय सदस्य द्धय राधाकृष्ण खनाल र रामबहादुर राई, वडा नम्बर ३ का नेकपा, नेपाली काँग्रेस, लिम्बुवान, लिम्बुवान मन्ञ नेपाल, राप्रपा लगायतका पार्टीका प्रतिनिधिको सहभागिता थियो ।

पाथीभरा तिज्कुले जेबिले फागुन महिनामा निर्माण सम्पन्न गर्नुपर्ने संझौता गरेको छ । यद्धपी नसकेका बखत म्याद थप गरेर निर्माण सक्ने जनाएको छ । उक्त भवन ४ कोठाको १ तले अपाङ्ग मैत्री हुने छ । शौचालय र भान्सा कोठा पनि भवनमा निर्माण हुने छ ।

वडा अध्यक्ष पुन्यप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा नम्बर ३ नेकपाको पार्टीका सह इञ्चार्ज बलिराम तामाङले गरेको नेकपा शिवसताक्षी नगरका सचिवालय सदस्य तथा वडा नम्बर ३ का इञ्चार्ज संजय राईले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here