माईधारमा शाखा रहित माछापुच्छे« बैंंक

0
631

माईधार ।

शिवसताक्षी नगरको माईधारमा माछापुच्छ«े बैंकले सेवा सुरु गरेको छ ।

शाखा रहितको बैंक स्थापना गरेर सो बैकले सेवा सुरु गरेको हो । सोमवार शिवसताक्षीका नगर प्रमुख चन्द्रकुमार सेर्माले माछापुच्छे« बैंकको बैकिङ सेवाको उद्धघाटन गरेका हुन् ।

माईधारमा बंैक स्थापना भएपछि शिवसताक्षी नगरपालिका वडा नम्बर १० का कम्तिमा ७०० सामाजिक सुरक्षा भत्ता लिने नागरिक लाभान्वित हुने छन् । वडा नम्बर १० मा बैंक नहुँदा स्थानीय वडाबासीले दुधे वा सुरुङ्गा सम्म पुगेर बैकिङ्ग सेवा लिने गरेका थिए ।

पर्यटकीय क्षेत्रका रुपमा परिचित माइधार क्षेत्रमा पहिलोपटक शाखा रहितको बैक स्थापना हुँदा स्थानीयले आफ्नै वडाबाट बैकिङ सुविधा पाउने भएपछि उनिहरुले खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा बैँकका १ नम्बर प्रदेश कार्यालयका सहायक प्रमुख मुकेश थापाले शाखा रहित बैङ्गिक सेवाबाट खाता खोल्ने , पैसा राख्ने, झिक्ने, ऋण माग गर्ने, एटिएमकार्ड लगायातका सेवा प्रवाह गर्न सकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here