वाटर किङडम पार्कमा पूर्व नेपालको गोष्ठी

0
859

झिलझिले ।

पूर्व नेपाल बहूद्देश्यीय सहकारी संस्थाको आयोजनामा झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेमा स्थापित वाटर किङडम पार्कमा बुधबार एक दिने योजना कार्यान्वयन गोष्ठी सम्पन्न भएको छ ।

नौं वटा सेवा केन्द्रका बजार प्रतिनिधिलाई सो सहकारी संस्थाले योजना कार्यान्वयन तथा तर्जुमा विषयक गोष्ठीमा सहभागी गराएको हो । सो सहकारी संस्थाका लेखा विभाग प्रमुख गोपालप्रसाद भट्टराईले सहजिकरण गरेको गोष्ठीमा बजार प्रतिनिधिले बजारबाट संकलन गरेर ल्याएको सुझाव, गुनासो र उनिहरुको कार्य प्रगतीको बारेमा समिक्षा गरिएको थियो ।

तालिम, सेमिनार, गोष्ठी, विवाह उत्सव तथा अन्य धार्मिक कार्यक्रमका लागि उपयुक्त हल र किचन निर्माण भएपछि सो सहकारीले पहिलो पटक झिलझिलेको वाटर किङडम पार्कमा गोष्ठिको आयोजना गरेको हो । सहकारीकी व्यवस्थापक चन्द्रकला ढकालले पर्यटकीय नगर शिवसताक्षीमा सुविधा सम्पन्न भौतिक पुर्वाधार सहितको पर्यटकीय स्थल निर्माण भएपछि यस्ता कार्यक्रम आयोजना गर्न झापालीलाई सहज हुने बताईन् ।

गोष्ठीमा पुर्व नेपाल वहुद्धेश्यीय सहकारी संस्थाका ३६ जना बजार प्रतिनिधि सहभागी थिए । कमल गाँउपालिकाको क्याम्पामा प्रधान कार्यालय रहेको सो सहकारीले कर्मचारी सहित संचालन समितिका पदाधिकारीलाई सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गर्दे आएको छ ।

शिक्षा समितिका संयोजक समेत रहेका सहकारीका संचालन समितिका सदस्य दिपेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सहकारीका अध्यक्ष प्रेम सापकोटाको प्रमुख आतिथ्यतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here