कनकाई नगरपालिकाका मेयर पोखरेललाई पितृशोक

0
855

दुर्गापुर।

कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेललाई पितृशोक परेको छ ।

उनका पिता गणेशप्रसाद पोखरेलको ८७ बर्षको उमेरमा बुधवारसाँझ बिर्तामोडस्थित वीएण्डसी हस्पिटलमा निधन भएको हो । कनकाईनगरपालिका १ दुर्गापुर निवासी पोखरेल तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतको चार कार्यकालसम्म प्रधानपञ्चमा निर्वाचन भई गाउँवासीको सेवा गरेका थिए ।

केही बर्षअघि मुटुको शल्यक्रिया गरिएको थियो भने केही समयदेखि उनी कोरोना भाइरसको संक्रमणमा परेका थिए । कोरोना संक्रमणपछि पीसीआर रिपोर्ट ‘नेगेटिभ’ आए पनि उनको स्वास्थ्यमा सुधार हुन सकेको थिएन । एक सातादेखि उनी हस्पिटलमा उपचाररत् थिए ।

उनका श्रीमती देवीमाया पोखरेल, चार छोरा राजेन्द्र, निर्माण, दिनेश र फाल्गुणी तथा सात छोरीहरु रहेका छन् । स्व. पोखरेलको अन्तिम संस्कार विहीवार विहान कनकाई आर्यघाटमा गरिने परिवारका सदस्य कुमारमणि पोखरेलले जानकारी दिए ।

स्व. पोखरेलका जेठा छोरा राजेन्द्र कनकाई नगरपालिकाका मेयर हुन् भने माइला निर्माण काठमाडौंमा रहेर व्यवसायी गर्छन् । दिनेशकुमार अष्ट्रेलियामा रहेर व्यवसाय गर्नुका साथै नेपालीहरुलाई सहयोग र सेवा गर्ने अभियानमा सक्रिय छन् । उनी अन्तर्राष्ट्रिय झापाली समाज तथा झापाली समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here