साहित्यकार ढुंगेलको ‘देश र आमा’ सार्वजनिक

0
850

बिर्तामोड।

बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच साहित्यकार, गीतकार तथा मोडल भगवती ढुंगेलको चौथो कृतिकवितातथागीति संग्रह ‘देश र आमा’विमोचन गरिएको छ ।

मातृकला साहित्यआश्रम मेचीनगरको आयोजनातथा सरगम संगीतालयबिर्तामोडको सहआयोजनामाबुधबार भएको कार्यक्रममाउक्त कृतिको बिमोचन गरिएको हो । मातृकला साहित्यआश्रम मेचीनगरका अध्यक्षमातृकाप्रसाद संग्रौलाको अध्यक्षतातथाप्रा.डा. टंक न्यौपानेको प्रमुखआतिथ्यमाआयोजितकार्यक्रममा सरगम संगीतालयबिर्तामोडका प्रवन्धनिर्देशकदीपक रायमाझीले स्वागत गरेका थिए ।

कार्यक्रममाप्रा.डा. न्यौपाने, प्राज्ञ सभा सदस्यशुभद्रा भट्टराई, कोमलप्रसाद पोखरेल, पुण्यप्रसाद खरेल, राजेन्द्र संग्रौला, देवीभक्तश्रेष्ठ, शिवशंकर थापा, केशवआचार्य, प्रेमप्रकाशफलाहारी, देवी संग्रौला, बिर्तामोड–२का वडाध्यक्ष नगेन्द्र संग्रौलालगायतले कृतिको विमोचन गरेका थिए ।

कार्यक्रममाकवयित्री ढुंगेलले आफ्नो चौथो कृतिको रुपमाकवितातथागीति संग्रह देश र आमाविमोचन गरिएको बताइन् । देवी संग्रौलाले पुस्तकको समीक्षा गरेका थिएभने प्राज्ञ सभा सदस्य भट्टराईले ढुंगेलले साहित्यिक कृतिप्रकाशन गरेर साहित्यको क्षेत्रमा एउटा इँटा थपेको बताइन् ।

कार्यक्रममा साहित्यकार विनोद खनाल, विद्यानिर्दोशी, अम्बिका घिमिरे, युवा वैज्ञानिक शिवराजलिम्वू, चर्चित लोकदोहोरी गायिकाकल्पनादाहाल, नेपाललोकदोहोरी प्रतिष्ठान झापाकाअध्यक्षतथालोकदोहोरी गायकअच्यूतदाहाललाई सम्मान गरिएको थियो । सोहीकार्यक्रममा मृगौला पीडित वरिष्ठ वाद्यवादकफूर्वा योञ्जनलाई स्थानीय रामप्रसाद मैनालीले दशहजार रुपैयाँप्रदान गरेका थिए । उक्त रकम साहित्य चौतारी झापाकासंस्थापक÷संरक्षक देवीभक्तश्रेष्ठ, संस्थापकअध्यक्षशिवशंकर थापा, सरगम संगीतालयबिर्तामोडका प्रवन्धनिर्देशकदीपक रायमाझीलाई हस्तान्तरण गरिएको थियो ।

सोहीकार्यक्रममालोकगायिकादाहालले नेपाललोकदोहोरी प्रतिष्ठान झापाकाअध्यक्षतथालोकदोहोरी गायकअच्यूतदाहालसंग पूर्वेलीभाकाको लोकदोहोरी गाएको मोडल जनक खड्काले बताए । कार्यक्रममाकलाकारहरु कृपापौडेल, अनुजा कडरिया, श्रद्धा प्रसाईले गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालनपूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसी निरौला र मदनआश्रित चुडालले गरेका थिए ।

विर्तामोड–१ निवासी ढुंगेलकाउपन्यासहरु ‘आधा सत्य’ ‘प्रेमिल’ ‘प्रेमकुण्ड’ र ‘मधुशालाबन्यो’ र ‘हाँसौ कसरी’ ‘न पिउँत’बोलको गीत र म्युजिक भिडियो समेत सार्वजनिकभइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here