बुधवारेमा समस्या पहिचान सम्वन्धि अन्तरक्रिया

0
955

दिपेन लावती,शान्तिनगर । 

मानव अधिकार समूह बुद्धशान्तिले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको समस्याको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय विराटनगरको सहयोगमा बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा आयोजित “समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निर्माण” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा देखिएका समस्या समाधानमा सम्वन्धित निकायले ध्यान दिन जोड दिए । स्थानीय समुदायलाई सचेत बनाउदै जिम्मेवार निकायलाई जवाफदेही बनाउन सो कार्यक्रमको आयोजना गरिएको हो ।

उनीहरुले शिक्षा, स्वास्थ्य, खाद्य र आवास क्षेत्रका समस्या खुलेर राखेका थिए । अविभावकमा अंग्रेजी शिक्षाको मोहका कारण नीजि विद्यालयमा नानीहरु भर्ना गर्नेको भीड बढेको उनीहरुको भनाई छ । सामुदायिक विद्यालयको भौतिक गुणस्तरसंगै शिक्षण पद्धती सुधार गर्न सके सामुदायिक विद्यालयप्रति अविभावकको ध्यान जाने उनीहरुको तर्क छ ।

शिक्षाको गुणस्तरसंगै अपाड्गमैत्री विद्यालय र शौचालय बनाउनुका साथै दृष्टिविहिनहरुले पढ्न सक्ने पाठ्य÷पुस्तक उपलब्ध हुनु पर्नेमा जोड दिए । यसका साथै विज्ञान प्रयोगशाला र अतिरिक्त क्रियाकलापमा जोड दिन सके विद्यार्थीहरु अब्बल हुने उनीहरुको भनाई छ । यसका साथै सामुदायिक विद्यालयमा दरवन्दीको अभावका कारण पनि पठन/पाठन प्रभावित हुने सरोकारवालाहरुले बताए ।

कार्यक्रममा जेष्ठ नागरिक, रोगी, गरिव तथा अतिविपन्न बर्गका समुदायका मानिसहरुलाई निशूल्क स्वास्थ्य विमा गरिदिनु पर्ने उनीहरुको भनाई छ । स्वास्थ्यमा ठुलै समस्या आए मोटो रकम खर्च गरेर ठुला अस्पताल धाउनु पर्ने र रकम नभए उपचार विना मर्नुपर्ने बाध्यताबाट जोगाउन सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराए । ‘गाउँ÷गाउँमा सिंह दरवार’ भन्ने सरकारको भनाई स्थानीय तहका जनताले महसुस गर्न नसकेको उनीहरुको गुनासो छ ।

त्यस्तै कार्यक्रममा जनताले गुणस्तरयुक्त खाना खान पाइरहेका छन् छैनन् भन्ने विषयमा कुनै मापन गर्ने निकाय नभएको बताएका छन् । रासाइनिक विसादी र मलखादको उच्च प्रयोगले रोगको जोखिम बढेको उनीहरुको ठम्याई छ । बुद्धशान्ति गाउँपालिका भित्रका अब्यवस्थित बसोवासलाई ब्यवस्थित गर्न उनीहरुले अनुरोध गरे । गाउँपालिका भित्र करीव ६ हजार बढीको बसोवास अब्यवस्थित छ । उनीहरुलाई ब्यवस्थित गराउन गाउँपालिकाले महत्वपूर्ण कदम चाल्नुपर्ने उनीहरुको जोड छ ।

मानव अधिकार समूह बुद्धशान्तिका अध्यक्ष देवकुमारी सेर्माको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलको प्रमुख आतिथ्य रहेको थियो । गाउँपालिका उपाध्यक्ष भुर्तेलले यस्ता कार्यक्रमले उठाएको विषयबस्तुले गाउँपालिकाको काम÷कार्वाहीमा सहयोग पुग्ने बताइन् । उनले यस्ता कार्यक्रम आयोजना गरि छलफलको माध्यमबाट समृद्ध बुद्धशान्ति गाउँपालिका बनाउन सहज हुने बताईन् । शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा उठेका समस्याहरुका बारेमा समूहले कार्ययोजना बनाई गाउँपालिकाको ध्यानाकर्षण गर्ने कार्यक्रम सहजकर्ता राजन साम्पाड्ग राईले जनाए ।

कार्यक्रममा बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र चाँपागाई, शान्ति अपाड्ग संघ बुद्धशान्तिका अध्यक्ष सावित्रा ढुङ्गेल, बुधवारे जेसिजका अध्यक्ष तथा पत्रकार अनिल वाग्ले, एकता युवा मञ्च तथा हडियाचुली सामुदायिक बन समूहका अध्यक्ष अमर सेर्मा, जेष्ठ नागरिक समूह बुद्धशान्ति–४ का अध्यक्ष ज्ञानबहादुर मगर, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक झापाका संयोजक नरेस खाती लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बुद्धशान्ति गाउँपालिका भित्रका विभिन्न संघ–सस्थामा आवद्ध ३५ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो । मानव अधिकार समूह बुद्धशान्ति र अर्जुनधाराका सहजकर्ता राजन राईले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । देविध्वज योञ्जनले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार दिपेन लावतीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here