बिर्तामोड ।
झापाको बिर्तामोड–३ बिर्तावजारमा रहेको गरामनी कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः ताराप्रसाद चापागाई चयन भएका छन् ।

संस्थाको बिहीबार भएको १३ औं बार्षिक साधारणसभाको वन्दसत्रले चापागाईंको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा पार्वती काफ्ले, सचिवमा गोपाल सिटौला रहेका छन् । त्यस्तै सदस्यहरुमा काशीनाथ उप्रेती, वीरवल राजवंशी, ज्ञानेन्द्र ढुङ्गाना, मेनुका राई, युवराज चापागाईं र पूजा आपगाईं चयन भएका छन् ।

सोही साधारणसभाको वन्दसत्रले पदमप्रसाद वाँस्कोटा संयोजक र प्रेम चिमरिया र गोपालप्रसाद घिमिरे सदस्य रहेको लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।
संस्थाको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गर्न सहकारीकर्मी राधाकृष्ण अधिकारी संयोजक र रामजानकी कृषि सहकारी संस्थाका अध्यक्ष डीवी कार्की सदस्य रहेको निर्वाचन समिति चयन गरिएको थियो ।

संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक पदमप्रसाद वाँस्कोटाले स्वागत गरेका थिए ।
कार्यक्रममा नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उनीहरुलाई सुनकोशी बचत तथा ऋण सहकारी संस्थाका आनन्द राईलगायतले बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिका संयोजक पदमप्रसाद वाँस्कोटाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका शेयर सदस्य एकहजार सात सय ७८ जना , शेयरपुृँजी एक करोड १७ लाख ३८ हजार आठ सय रुपैयाँ , कोष हिसाव १४ लाख ६८ हजार , पाँच सय ८० रुपैयाँ ६५ पैसा , निक्षेप एक करोड ९१ लख ९१ हजार तीन सय ४० रुपैयाँ ७० पैसा , ऋण लगानी तीन करोड ६९ लाख ३० लाख नौ सय १९ रुपैयाँ छ पैसा, आम्दानी ६१ लाख ११ हजार तीन सय ३६ रुपैयाँ १४ पैसा , खर्च ५६ लाख सात हजार पाँच सय ८९ रुपैयाँ ५२ पैसा र खुद नाफा आर्थिक बर्ष २०७६÷७७ मा चार लाख ७८ हजार पाँच सय ५९ रुपैयाँ २९ पैसा गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रमको सञ्चालन संस्थाकी लेखापाल मनिता घिमिरेले गरेकी थिइन् ।































