प्रहरी नायव निरीक्षक आचार्यको विदाई

0
2114

बिर्तामोड,
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक नारायण आचार्यको विदाई गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयमा विहीवार आयोजित कार्यक्रमकाबीच प्रहरी नायव निरीक्षक आचार्यलाई विदाई गरिएको हो । ३० वर्षे कार्यकाल पूरा गरी विहीवारबाट अनिवार्य अवकास पाएका आचार्यको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा विदाई गरिएको हो ।

२०४७ साल पुस १५ गते नेपाल प्रहरीको प्रहरी जवान पदबाट सेवा शुरु गरेका आचार्यले वहुदलीय प्रजातन्त्रको आगमनसंगै देशमा भएका विभिन्न आन्दोलन , प्राकृतिक प्रकोप, विभिन्न निर्वाचन तथा विभिन्न कार्यक्रममा इमान्दारी तथा कुसलतापूर्ण जिम्वेवारी निर्वाह गर्दै २०६६ साल चैतबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नति भएका आचार्यको ३० वर्षे कार्यकाल पूरा भएको हो । चार वर्षदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत रहेका आचार्यले निर्वाह गरेको भूमिकाको ट्राफिक प्रहरी प्रमुख प्रकाश जवेगूले प्रशंसा गरेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले प्रहरी संगठनमा एक कुसल र अनुभवी अधिकृतलाई विदाई गर्नु परेको भन्दै उनले अवकास पछिको वाँकी जीवनको सफलताको कामना गरेका छन् ।
कार्यक्रममा उनलाई मायाको चिनो प्रदान गरिएको थियो । सुनसरी, मोरङ, काठमाडौं, इलाम, मकवानपूर,वारा सहित विभिन्न जिल्ला हुँदै उनी सेवाकै दैरानमा झापा आएका हुन् । 1920
विदाई कार्यक्रममा बोल्दै आचार्यले आफूले प्रहरी संगठनमा रहँदा धेरै कुरा सिक्ने मौका पाएको बताए । प्रहरी संगठनले आफूले पाएको जिम्वेवारी कुसलता पूर्वक वहन गर्दै आएको र सेवाकै दौरानमा प्रहरी सेवाको नियम अनुसार आफू अनिवार्य अवकास भएको बताए ।
कार्यक्रममा निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेत, निर्माण व्यवसायी शेरवहादुर थापा, पदम श्रेष्ठ, निर्मल न्यौपाने, किरण सुव्वा, लगायतले आचार्यको विदाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको संचालन प्रहरी नायव निरीक्षक शिवकुमार शर्माले गरेको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here