सामाजिक अभियन्ता गिरी तुर्सा हेमरम प्रतिष्ठानमा

0
911

बिर्तामोड।

लोकतान्त्रिक आन्दोलनका अगुवा आदिवासी नेता स्व. तुर्सा हेमरमको स्मृतिमा स्थापित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको सदस्यमा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी चयन भएका छन् ।

प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले गिरीलाई शुक्रवार प्रतिष्ठानको आमन्त्रित सदस्यमा चयन गरिएको पत्र हस्तान्तरण गरे । दलको सीमित घेरा र बैचारिक धरातलभन्दामाथि उठेर सामाजिक संस्था रहनुपर्छ भन्ने आदर्शलाई आत्मसात गरी प्रतिष्ठानलाई सबैको साझा बनाउनका लागि सामाजिक अभियन्ताहरुलाई प्रतिष्ठानमा आवद्ध गराइएको अध्यक्ष बस्नेतले बताएका छन् ।

धेरै वटा सामाजिक कामको अगुवाइ गरेका गिरीलाई वीरता जेसीजको अगुवाईमा एक सय २५ संघ–संस्थाले २०७४ सालमा उत्कृष्ट नागरिकको सम्मान समेत प्रदान गरेका थिए ।
कनकाई–१मा तीन कठ्ठा जग्गामा शालिकसहित आदिवासी सन्थाल समुदायको सांस्कृतिक पहिचान झल्कने संग्रहालय निर्माण गर्ने गरी काम अघि बढाइएको प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले जानकारी दिए ।

करिब सवा करोडको लागतमा पहिलो तला निर्माण हुने र एक महिनाभित्र छत ढलाई भइसक्ने सचिव पोखरेलले बताए । कनकाई नगरपालिकाको कार्यालय छेऊमै उक्त प्रतिष्ठानको भवन निर्माण भइरहेको छ । प्रतिष्ठानले सन्थाल समुदायका बालबालिकाको शिक्षा तथा उनका अभिभावकको आर्थिक सशक्तिकरणमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here