मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

0
642

झापा।

झापाको कन्काई नगरपालिका–७ दुर्गापुरमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

आईतवार बेलुका पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ८० प ७६५ नम्बरको मोटरसाईकलले पैदलयात्री दोलखाको कालिङचोक–८ बस्ने ८० बर्षीय खेन्द्र शिवाकोटीलाई ठक्कर दिँदा घाईते भएका थिए ।

उनको उपचारको क्रममा बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here