तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
झापाको बिर्तामोड –४ उर्वशी चोकमा रहेको विएन फुटवेयरले बाह्रदशी गाउंपालिका –४ चकचकीमा रहेको जनविकास माविका बालविकास कक्षामा अध्ययन गर्ने ५१ जना विद्यार्थीलाई स्वीटर वितरण गरेको छ ।

बिद्यालयका प्रधानाध्यापक श्यामनारायण गोश्वामीको अध्यक्षता तथा बाह्रदशी –४ का वडाध्यक्ष समिम मियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विएन फुटवेयरका सञ्चालकहरु बासु तिवारी, अमित लामा कुमार र इन्द्रमणी प्रसाईले विद्यार्थीलाई स्वीटर वितरण गरेका थिए ।

उक्त बिद्यालयमा अध्ययन गर्न आउने बिद्यार्थी विपन्न समुदायका भएको र जाडोको समयमा एकसरो लुगाको भरमा बिद्यालय आउन समस्या भएको थाहा पाएपछि विएन फुटवेयरले उनीहरुलाई स्वीटर प्रदान गरेको सञ्चालक इन्द्रमणी प्रसाईले बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोश्वामीले जाडोको समयमा न्यानो लुगाको अभावमा कष्टकर रुपमा विद्यालय आउँदै गरेका बिद्यार्थीहरुलाई स्वीटर प्रदान गरेर विएन फुटवेयरले ठूलो गुन लगाएको बताए ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक टिका गणेशले गरेका थिए ।































