विपन्न विद्यार्थीलाई विएन फुटवेयरको स्वीटर

0
1091

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

झापाको बिर्तामोड –४ उर्वशी चोकमा रहेको विएन फुटवेयरले बाह्रदशी गाउंपालिका –४ चकचकीमा रहेको जनविकास माविका बालविकास कक्षामा अध्ययन गर्ने ५१ जना विद्यार्थीलाई स्वीटर वितरण गरेको छ ।

बिद्यालयका प्रधानाध्यापक श्यामनारायण गोश्वामीको अध्यक्षता तथा बाह्रदशी –४ का वडाध्यक्ष समिम मियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विएन फुटवेयरका सञ्चालकहरु बासु तिवारी, अमित लामा कुमार र इन्द्रमणी प्रसाईले विद्यार्थीलाई स्वीटर वितरण गरेका थिए ।

 

उक्त बिद्यालयमा अध्ययन गर्न आउने बिद्यार्थी विपन्न समुदायका भएको र जाडोको समयमा एकसरो लुगाको भरमा बिद्यालय आउन समस्या भएको थाहा पाएपछि विएन फुटवेयरले उनीहरुलाई स्वीटर प्रदान गरेको सञ्चालक इन्द्रमणी प्रसाईले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोश्वामीले जाडोको समयमा न्यानो लुगाको अभावमा कष्टकर रुपमा विद्यालय आउँदै गरेका बिद्यार्थीहरुलाई स्वीटर प्रदान गरेर विएन फुटवेयरले ठूलो गुन लगाएको बताए ।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक टिका गणेशले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here