स्तन क्यान्सरपीडित रिजाललाई आर्थिक सहयोग

0
723

तुलसीप्रसाद निरौला ,बिर्तामोड।

लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले स्तन क्यान्सरपीडित बिर्तामोड–४ कि रमला क्षेत्री रिजाललाई आर्थिक सहयोग गरेको छ ।

लायन्स क्लब इन्टरनेशनलका संस्थापक अध्यक्ष मेल्भिन जोनको जन्मोत्सवको अवसर पारेर स्तन क्यान्सरपीडित रिजाललाई ४१ हजार रुपैयाँ प्रदान गरेको हो ।

लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष लिला मैनालीको अध्यक्षता तथा बिर्तामोड –४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डाइरेक्टर सरु भूर्तेल खनालले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल महिला संघ झापाकी अध्यक्ष शुसिला ढकाल, लायन्स क्लब अफ बिर्तामोड सिटीका पूर्व अध्यक्ष निरज ओली , एरीया इञ्चार्ज सत्यनारायण शर्माले लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले गरेको कार्यको प्रशंसा गरेका थिए ।

 

कार्यक्रममा स्तन क्यान्सरपीडित रिजालले दुई महिना अघि आफूलाई स्तन क्यान्सर भएको पत्ता लागेको र डेढ महिना अघि पूर्वाञ्चल क्यान्सर अस्पतालमा शल्यक्रिया गरेको र अहिले केमो चढाउँदै गरेको बताइन् ।

उनले अहिलेसम्मको उपचारमा नौ लाख रुपैयाँ खर्च भएको र उक्त रकम सवै ऋण खोजेर जुटाएकाले अहिले त्यो रकम तिर्ने समस्या थपिएको बेला लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले आर्थिक सहयोग गरेर ठूलो गुन लगाएको बताइन् ।
सामान्य मजदुरी गरेर परिवार पाल्दै आएकोमा श्रीमतीलाई स्तन क्यान्सर भएर खर्च नभएर उपचारमा समस्या भएपछि सवैसंग सहयोगको अपिल गरेको उनका श्रीमान् पुण्यप्रसाद रिजालले बताए ।

उनले श्रीमतीको उपचारमा सहयोग गर्न चाहनेले एनआईसी एसिया बिर्तामोड शाखाको खाता नम्वर ००९५७५०९२७४३४००१ मा रकम सहयोग गर्न पनि आग्रह गरे ।

लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी उपाध्यक्ष पार्वता गिरीले झण्डाको बाचन गरेको कार्यक्रमको सञ्चालन सचिव मिरा खड्काले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here