पूर्व शिक्षिका थपलियाद्धारा विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना

0
587

युद्धबहादुर बोहोरा,
पाँचथर :

निवर्तमान शिक्षिका पदमा देवी थपलिया (बोहोरा) द्वारा स्वर्गीय आमा लक्ष्मी माया थपलियाकाे नाममा एक लाख रुपैयाको अक्षयकाेष स्थापना गरेकी छिन् ।

फाल्गुनन्द गाउँपालिका -५ को घुर्बिसे पञ्चमी माद्यामिक विद्यालयबाट गत महिना पेशाबाट अवकाश लिएकी उनले एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीका चन्द्र चेम्जोङ तथा प्रधानध्यापक नरेन्द्र प्रसाद अधिकारीलाई एक लाख नगद हस्तान्तरण गरेकी हुन् ।

तेह्रथुम जिल्लाको आठाराई गाउँपालिका-६,चुहानडाँडा निवासी मध्यम किसान परिवारका रत्न बहादुर र स्वर्गीय आमा लक्ष्मीमाया थपलियाको कोखबाट २०१७ साल मंसीर १ गते जेठी छोरीको रुपमा जन्मेकी उनि २०३८ सालमा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरि २०४८ सालमा सामाजिक र नेपाली विषयमा स्नातक तह सम्मको योग्यता हाँसिल छिन् ।

बुबाआमाले आफ्ना पाँच बहिनी छोरी र तीन छोरा गरि जम्मा आठ जनालाई सन्तानलाई त्यस बेलाको कठिन समयमा पठनपाठन गराउन ठुलो संघर्ष गरि शिक्षाको उज्यालो ज्योति दिन सफल बन्दै २०४५ सालको शिक्षा सेवा आयोगको परिक्षा पास गरि २०४६ पौष १० गते देखि स्थानीय जलकन्या प्राथमिक विद्यालयमा स्थायी नियुक्ति भइ शिक्षण पेशामा प्रवेश गरेकी उनि शुरूवातमा मासिक तलब दुई सय २५ रुपैयाँ लिएको बताउँछिन् ।

चार वर्षपछि आफैले अध्ययन गरेको सारदा माद्यामिक विद्यालयमा २०५० साल देखि निम्नमाध्यमिक तहमा बढुवा भइ सरुवा भएकी थिइन् । उनले इलामको फाकफोकथुम-१,निवासी अर्जुनकुमार बोहोरा संग २०४८ सालमा विवाह गरे पश्चात् घर पायक अन्तर जिल्ला सरुवा भइ पाँचथर फाल्गुनन्द-५ को घुर्बिसे पञ्चमी माद्यामिक विद्यालयमा २०५२ चैत्र ५ गतेदेखि शुरू गरिन् । हाल अवकाश लिएको विद्यालयमा माद्यामिक तहको सामाजिक विषयको दरबन्दीमा काम गरि २०७७ मंसीर १ गते करिब तीन दशक लामो समय काम गरि पेशाबाट विदा लिएकी छिन् ।

उनले शैक्षिक उन्नतिको लागि विद्यालयको पुस्तकालयमा करिब ५० वटा जति विभिन्न लेखकका पुस्तक सौजन्य गर्दै आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा सदैव समर्पित हुने अठोट लिएको बताइन् । आफ्नी स्वर्गीय आमाको नाममा खडा गरेको कोषबाट यस विद्यालयमा अध्ययन गर्ने कक्षा ११ का एक छात्र र एक छात्रा गरिब र विपन्न विद्यार्थीको सहयोगका लागि अक्षय कोषबाट छात्रवृत्ति प्रदान गरिने छ ।

गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप छात्रवृत्ति प्रदान गर्न उनले गरेको अक्षय कोष स्थापना एक उदाहरणिय कार्य प्रति व्यवस्थापन समिति,विद्यालय परिवार तथा अभिभावक र बुद्धिजीवीहरुले उनको भावी दिनको उत्तरोत्तर प्रगतिको कामना सहित धन्यवाद ज्ञापन गरेका छन् ।

उनले न्यून आयस्रोत भएका तथा विपन्न घर परिवारका बालबालिकालाई पठनपाठनमा सहज हुने विश्वास गरेकी छिन् ।शिक्षिका थपलियाकी आमाको २०७२ पौष ४ गते निधन भएको थियो ।

यसैगरी, यस विद्यालयमा स्थानीय लगन चेम्जोङले आफ्नी स्वर्गीय श्रीमतीको नाममा २० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।हाल सम्म यस विद्यालयमा दुई वटा अक्षयकोष स्थापना भएका छन् ।

यसै विद्यालयका पूर्व शिक्षक तथा समाजसेवी नन्दिकेशर ढुंगेल हाल अमेरिकामा रहेर पनि दुई आर्थिक वर्ष सम्म विद्यार्थीलाई स्वेटर,टोपी,न्यानो कपडा लगायतका सामाग्री उपलब्ध गराएको व्यवस्थापन समिति अध्यक्ष चेम्जोङले जानकारी दिए ।

विद्यालयको पृष्ठभूमि :

इलाम र पाँचथर जिल्लाको सिमाना घुर्बिसे पञ्चमीमा २०३७ सालमा स्थापना भएको यो विद्यालय पाँचथर जिल्लाको शैक्षिक क्षेत्रमा अब्बल मानिएको छ । यस अघि एसएलसी परिक्षामा जिल्लाकै प्रथम तथा पटकपटक उत्कृष्ट अंक हाँसिल गरि जिल्ला शिक्षा कार्यालय,पाँचथरबाट नगद सहित पुरस्कृत भइसकेको प्रधानध्यापक नरेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यमद्वारा पठनपाठन भइरहेको साथै कक्षा ७ सम्म भाषा शिक्षा अन्तर्गत लिम्बू भाषा विषय समेतको पठनपाठन संचालित छ । करिब पाँच सय जना विद्यार्थी रहेको यस विद्यालयमा २४ जना शिक्षक स्टाफ छन् ।

विद्यालयमा पुस्तकालय,विज्ञान प्रयोगशाला,आइसिटि ल्याबको व्यवस्थापन गरिएको छ । गाउँपालिकाको सहयोगमा १ देखि ५ सम्मका विद्यार्थीलाई खाजानास्ताको प्रबन्ध मिलाएको विद्यालयले जनाएको छ ।

इलाम जिल्लाका समेत विद्यार्थीलाई अध्ययन गर्न पायक पर्ने यो शैक्षिक संस्था पालिका स्तरमा हरेक कुरामा अगुवा भएता पनि खेलमैदान तथा विद्यालय भवन लगायत भौतिक संरचनाको अवस्था भने सन्तोषजनक नभएको स्थानीय अभिभावकहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here