शिक्षक संगठनको अध्यक्षमा उमानाथ

0
870

धर्मेन्द मामा,
बिर्तामोड।

नेपाल राष्ट्रिय शिक्षक संगठन बिर्तामोड नगर समितिको अध्यक्षमा उमानाथ भण्डारी चयन भएका छन् ।

संगठनको दोस्रो नगर अधिवेशनले दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक भण्डारीलाई अध्यक्षमा निर्विरोध चयन गरेको अध्यक्ष मण्डलका संयोजक द्रोणबहादुर श्रेष्ठ बताए । नवनिर्वाचित समितिको उपाध्यक्षमा दलबहादुर खड्का, महिला उपाध्यक्ष इन्दिरा वस्ती, सचिव गोविन्द न्यौपाने, सह–सचिव उषा ढकाल, कोषाध्यक्ष मेदनीप्रसाद उप्रेती, सह–कोषाध्यक्ष शान्तादेवी मिश्र रहेका छन् ।

त्यस्तै सदस्यहरुमा बिष्णुप्रसाद भट्टराई, इन्दिरा खनाल, देवीप्रसाद कडरिया, दिनेशकुमार बाँस्कोटा, लक्ष्मीप्रसाद गौतम, भीमप्रसाद आचार्य, भद्रकला प्रसाईं र महिला सदस्यहरुमा सुनिता निरौला, चम्पा भट्टराई र कौशिला आचार्य रहेका छन् ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश नम्बर १ का अध्यक्ष बुद्धिमान कार्की, संगठनका झापा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपाध्यक्ष द्रोणबहादुर श्रेष्ठ, महिला उपाध्यक्ष अम्बिका खवास, निर्वाचन समितिका संयोजक रामचन्द्र भट्टराई, निवर्तमान नगर अध्यक्ष उमानाथ प्याकुरेल लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा संगठनका केन्द्रिय प्रतिनिधि लेखनाथ सुबेदी, निवर्तमान राष्ट्रिय परिषद् सदस्य धर्मेन्द्र भट्टराई, प्रधानाध्यापकहरु कृष्णप्रसाद पाठक, ज्ञानुनाथ मैनाली, बद्री बाँस्कोटा लगायतको सहभागिता रहेको थियो । अध्यक्ष मण्डलका संयोजक द्रोणबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शान्ता रोकाले स्वागत गरेकी थिइन् भने अम्बिका खवासले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here