झापा र मोरङबाट लागूऔषध खैरोहिरोईन सहित ८ जना पक्राउ

0
896

बिराटनगर।

झापा र मोरङको विभिन्न स्थानबाट लागूऔषध खैरोहिरोईन र लागूऔषध ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन्।

मोरङ रतुवामाई नगरपालिका–४ आमबारी स्थितबाट दुई जना खैरोहिरोईन सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवामाई–२ झुर्कियाका ४२ बर्षीय मोहम्मद रफिक मिया र भारत अररिया जिल्ला कुचहा धाताका २२ बर्षीय मोहम्मद नवाब आलम रहेका छन ।

भारतिय नम्बर प्लेट आर बी ३७ यु ५८२३ नम्बरमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा एक २६ ग्राम १४ मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यता झापाको मेचीनगर नगरपालिका–६ बाट लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । सोमवार बेलुका धरान उप–महानगरपालिका–१७ का २४ बर्षीय ईश्वर थापा र पाँचथरको हिलिहाङ गाउँपालिका–२ का २८ बर्षीय अरुण सुब्बालाई ५० ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।

त्यस्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ का २० बर्षीय समिर तामाङ र २२ बर्षीय नविन लिम्बूलाई एक ग्राम ६०० मिलिग्राम ब्राउनसुगर सहित बेलडागीबाट पक्राउ गरेको छ । यसैगरी लागूऔषध नियन्त्रण ब्युरो कांकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुद्धाशान्ति गाउँपालिका–४ का २२ बर्षीय प्रवेश माझीलाई ६ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले माझिलाई किरात चोकबाट पक्राउ गरेको हो । यस्तै ईलाका प्रहरी कार्यालय कांकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ का १५ बर्षीय रमेश राजवंशीलाई लागूऔषध लुपिजेसिक ३० सीसी, डाईजोपिन ३० सीसी र प्रोमोथाईजिन ३० सीसी गरी जम्मा ९० सीसी सहित मेचीनगर नगरपालिका–६ बाट पक्राउ गरेको छ। लागूऔषध सहित पक्राउ परेका आठै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here