झापा ।

झापाको मेचीनगर नगरपालिका–१३ स्थित चन्द्रगढी चारआली सडक खण्डमा टिपरको ठक्कर बाट एक पैदाल यात्रीको मृत्युु भएको छ ।
दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे १ ख २५१५ नम्बरको टिपरले पैदल यात्रीलाई ठक्कर दिदाँ पैदल १८ वर्षीया अन्सु शिवाकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । त्यस्तै १८ वर्षीयका राहुल बस्नेतको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
शिवाकोटीको टाँउकोमा चोट लागेर उपचारको लागि दुबैलाई तत्काल बिर्तामोड स्थित बीएण्सी हस्पिटल लगिएको थियो । दुबैको उपचार भई रहेकोमा घाईते अन्सु शिवाकोटीको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यलय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।































