पुराना फायल पल्टाउँदै प्रहरी

0
1037

झापा ।

इलाका प्रहरी कार्यालय अनारमनीले किनारा लागिनसकेका मुद्दाका पुराना फायल पल्टाउने भएको छ ।

कार्यालय परिसरमा मंगलवार बिहान सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नवागन्तुक प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले सामान्यदेखि जघन्य अपराधका केही मुद्दा पेण्डिङमा रहेकाले पुराना मुद्दाका फायल पल्टाउँदै पीडितलाई न्याय र दोषीलाई कानूनी कारवाही गरेरै छाड्ने दावी गरे ।

केही दिनअघि मात्रै सरुवा भएर इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हाल्न आएका उनले सवैसँग सहकार्य अघि बढ्ने बताए । समाजमा शान्ति सुरक्षा कायम राख्नु आफ्नो पहिलो कर्तव्य रहेको बताउँदै उनले सवै नागरिकलाई आ–आफ्नो ठाउँबाट सहयोग पु¥याइदिन आग्रह समेत गरे ।

त्यस्तै अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज काठमाडौंबाट हालै सरुवा भई इलाका प्रहरी कार्यालय अनारमनी आएका प्रहरी नायव उपरीक्षक आचार्यलाई बिर्तामोड उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ ।

कार्यालय परिसरमा मंगलवार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच उनलाई स्वागत गरेको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले स्वागत गरेका थिए ।

प्लाईउड संघ प्रदेश १ का अध्यक्ष दीपेन्द्र पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपाने, संघकी जनसम्पर्क उपाध्यक्ष पार्वता विमली लगायतले बोलेको कार्यक्रममा प्रहरी नायव उपरीक्षक आचार्यले बिर्तामोडमा भयरहित वातावरणमा व्यवसायीले उद्योग व्यवसाय सञ्चालन गर्ने अवस्था सृजना गर्ने बताएका छन् । कार्यक्रम संघका महासचिव भेषराज भण्डारी प्रशान्तले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here