‘अमर नेम्बाङ ट्रष्ट’ मार्फत साहित्यकार भट्टराईलाई सम्मान गरिने

0
491

युद्धबहादुर बोहोरा
पाँचथर :

‘अमर नेम्बाङ लिम्बू स्मृति ट्रष्ट’ले यस वर्षको नेम्वाङ स्मृतिमा डा.गोविन्द भट्टराईलाई साहित्यिक पुरस्कार प्रदान गर्ने भएकाे छ।

फाल्गुनन्द गाउँपालिको पूर्व अध्यक्ष तथा साहित्यकार स्व.अमर नेम्बाङको नामबाट स्थापना गरिएको ट्रष्टद्वारा गत वर्षबाट स्मृति दिवसको दिन साहित्य क्षेत्रमा योगदान पुर्‍याउने श्रष्टा,शैक्षिक क्षेत्र,स्वास्थ तथा संचार लगायत अन्य विधाहरुमा पनि पुरस्कृत गर्दै आएको ट्रष्टका अध्यक्ष मुनिन्द्र नेम्बाङले जानकारी दिए।

एकलाख राशिकाे उक्त पुरस्कार मार्फत ५० हजार रुपैयाँ सहित यसवर्ष डा.भट्टराई र बाँकी रकम पाँचथर जिल्लाका आठ स्थानीय तहलाई स्वास्थ सामाग्री खरिदको राशीमा थप गरि माघ २६ गते फिदिममा आयोजना गरिने उक्त दिवस कार्यक्रम मार्फत हस्तान्तरण हुने अध्यक्ष नेम्वाङले बताए ।

२०७५ सालमा नेपाल सरकारबाट सुप्रवल जनसेवा श्री पदकले विभुषित स्व. नेम्वाङ सोही पालिकाको वडा नम्बर ३,पौवासारतापमा वि.सं. १९९८ सालमा जन्म भइ २०७५ माघ २६ गते ७७ वर्षको उमेर निधन भएको थियो । नेपाली काँङ्ग्रेसको तर्फबाट अध्यक्ष पदमा निर्वाचित भएका उनी राजनीति र साहित्य क्षेत्रमा उत्तिकै दखल भएका लिम्बु समुदायबाट स्नातकाेत्तर गर्ने पहिलाे व्यक्ति हुन् ।

उनका अमेरिका भ्रमणका सम्झना,सम्झनाका तरेलिहरु र एक साँझकाे अवसान नामक कविता संग्रह लगायत अन्य थुप्रै लेख रचनाहरु प्रकाशित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here