बुधबारे जेसीजको भवन निर्माणका लागि रकम संकलन शूरु

0
531

बुधबारे ।

बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बुधबारे जेसीजको भवन निर्माणका लागि रकम संकलनको कार्य थालनी भएको बताउनु भएको छ । रकम संकलनको कार्य सुभारम्भ गरेको दिन नै २२ हजार र २० बोरा सिमेन्ट जेसीजलाई प्राप्त भएको छ ।

बुधबारे जेसीजका सदस्य राम घिमिरे र उपाध्यक्ष रुद्र निरौलाबाट समान ११ हजार १ सय ११ रुपैँया प्राप्त भएको छ । भने बुद्धशान्ति प्याव्सनका सचिव बुद्धिकान्त अधिकारीबाट २० बोरा सिमेन्टको घोषणा भएको छ ।

लोम अफिसर्स एण्ड जेसीआई कर्पोरेट गाइडलाइन तालिमको अवसरमा भवन निर्माणका लागि सहयोग गर्ने तीनै जनालाई नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनाल, कानुनी सल्लाहकार गोकुल सापकोटा, राष्ट्रिय उपाध्यक्ष प्रमिशा काप्mलेले खदा ओडाएर सम्मान गर्नुभएको छ ।

यसैबिच बुधबारे जेसीजको बुधबार नै सम्पन्न पहिलो बोर्ड बैठकले निर्वतमान अध्यक्ष नन्दकुमार याफू राईलाई भवन निर्माण समिति संयोजक र भवन निर्माण आर्थिक संयोजकमा दिपेन सिटौलालाई जिम्मेवारी प्रदान गरेको छ ।

भवन निर्माण समिति र अन्य समितिलाई चाँडै पूर्णता दिने अध्यक्ष वाग्लेले बताउनु भएको छ । बाँकी समितिलाई पूर्णता दिन पूर्व अध्यक्षहरुसँग परामर्श गरिने वाग्लेले बताउनु भयो । उक्त कार्यक्रम महासचिव सुजित बरालले सञ्चालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here