नेपाल शिक्षक संघ अर्जुनधारा नगर समितिको दोस्रो प्रतिनिधि सभा

0
780

बिर्तामोड, नेपाल शिक्षक संघ अर्जुनधारा नगर समितिले दोस्रो प्रतिनिधि सभा सम्पन्न गरेको छ ।

नेपाल शिक्षक संघ अर्जुनधारा नगर समितिकी सभापति सुजाता सिवाकोटीको सभापतित्व तथा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का सभापति खगेन्द्र मैनालीको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा भाबी योजना सहितको प्रतिवेदन सभापति सुजाता सिवाकोटीले र आर्थिक प्रतिवेदन रञ्जित परियारले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नव आगन्तुक शिक्षकहरुलार्इ स्वागत सम्मान गरिएको थियो ।कार्यक्रममा नेपाली काँग्ेस अर्जुनधारा नगर सभापति हेमराज खरेल,नेपाल शिक्षक संघ जिल्ला सभापति नेत्र खरेल,महासङ्ग जिल्ला सचीव तोया दाहाल नेपाली काङ्ग्रेस जिल्ला सदस्य सरस्वती सिटौला महाधिवेशन प्रतिनिधि रुपक दाहाल नेपाल शिक्षक संघ जिल्ला सदस्य राजेन्द्रराज प्रसाईं प्रधानाध्यापक भक्ता खतिवडाले शुभकामना दिएका थिए ।

संघका सह सचीव गङ्गा पोख्रेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचीव टँक न्यौपानेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here