अलैंची व्यवसायमा आइपर्ने समस्या समाधान गर्ने प्रतिवद्धता

0
845

तुलसीप्रसाद निरौला , बिर्तामोड ।

नेपाल अलैंची व्यवसायी महासंघले हालै सरुवा भएर इलाका प्रहरी कार्यालय अनारमनीको जिम्मेवारी सम्हाल्न आएका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यलाई एक कार्यक्रम बीच स्वागत गरेको छ ।

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले स्वागत गरेका थिए ।

कार्यक्रममा अलैंची व्यवसायीहरु इन्द्रचन्द विन्दल, रोशनलाल अग्रवालले देशभरीको अलैंचीको भण्डारण स्थल विर्तामोडमा अलैंची लोड भई निर्यात हुँदा सम्मका प्राविधिक समस्या र व्यवसायीहरुमा आउने समस्या इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यसमक्ष राखेका थिए ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले आफूले व्यवसायीहरुको मन जितेर शान्ति सुरक्षाको प्रत्याभूति दिँदै आपसी सहकार्यबाट व्यवसायमा आइपर्ने समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमको सहजीकरण नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here