न्यानो कपडा तथा खाधान्न सामाग्री वितरण

0
552

बिराटनगर ।

एक नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा न्यानो कपडा तथा खाधान्न सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक कार्यमा अग्रभागमा रहेर कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले असह्याय तथा विपन्न ब्यक्तिहरुको लागि न्यानो कपडा तथा खाधान्न बितरण गरेको हो ।

झापाको गौरिगञ्ज गाँउपालिका–६ का ३५ घर परिवारलाई गौरिगञ्ज भगवती प्राथमिक बिधालयको प्राङगणमा एक कार्यक्रममा बीच एक नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीजना थापा कार्कीले ब्ल्याङ्केट तथा खाधान्न सामाग्रीहरु बितरण गरेकी हुन् ।

कार्यक्रम बोल्नुहुँदै उनले प्रदेश प्रहरी श्रीमती संघले विविध सामाजिक कार्यहरु गर्दे आईरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भई अगाडी बढ्ने धारणा ब्यक्त गरिन् ।

कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारी, स्थानीय जनप्रतिनिधी, स्थानियवासी तथा स्थानीय सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here