बरफल्याङमा शंकर हस्पिटलको निःशुल्क शिविर सम्पन्न

0
359

2 1

अमित खम्बू
शान्तिपुर,फाल्गुन १०। स्थानीयस्तरमा रहेका समुदायको स्वास्थ्य परीक्षण,विभिन्न रोगसम्बन्धि औषधि वितरण तथा उनीहरुलाई परामर्श प्रदान गर्ने उद्धेश्यले अर्जुनधारा–२ स्थित शंकर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र बरफल्याङ सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा एक दिवसिय निःशुल्क शिविर इलामको बरफल्याङमा सम्पन्न भएको छ ।
शान्तिपुर–७ स्थित समूहको कार्यालयमा सञ्चालन भएको शिविर समूहका अध्यक्ष चन्द्रशेखर घिमिरेको सभाध्यक्ष र समूहकै पूर्व अध्यक्ष खगेन्द्रप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
हस्पिटलका प्रबन्ध निर्देशक प्रल्हाद ढुङगानाका अनुसार हस्पिटलका जनरल फिजिसियनद्धय डा.कृष्णकुमार शाह र डा.दीपा थापाले विरामीहरुको स्वास्थ्य परीक्षण,उनीहरुलाई रोगसम्बन्धि परामर्शसँगै औषधि वितरण गरिएको शिविरमा दुई सय ६७ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।
हस्पिटलकातर्फबाट सञ्चालक सदस्य तुलसी ढुङगेल,फार्मेसी इञ्चार्ज धर्मेन्द्र शाह,एनएम गीता कठेत,सीएमएद्धय विक्रम राजवंशी र अनू विष्ट त्यसतै समूहकातर्फबाट सह–सचिव रमेशकुमार राई,कोषाध्यक्ष बालकुमारी कोईराला,सदस्यद्धय योगीता कोईराला र लीलाबल्लभ दाहाल,कर्मचारी इन्द्र ढुङगेल र स्थानीय विष्णू अमर निम्न माध्यमिक विद्यालयका शिक्षकद्धय रामकुमार प्रधान र सोमनाथ अधिकारीलगायतको उपस्थित रहेको       शिविरमा सहभागी अधिकांश विरामीहरु ग्याष्ट्रिक,नशासम्बन्धि र महिलाहरुमा आङ खस्ने समस्या रहेको उपचारमा संलग्न डाक्टरद्धय शाह र थापाले जानकारी गराएका छन् ।
स्थानीय जयप्रसाद प्रसाँईको स्वास्थ्य परीक्षणबाट सुरु भएको शिविरमा स्वागत मन्तव्य समूहका उपाध्यक्ष माधव सुवेदीले र कार्यक्रमको सञ्चालन समूहका सचिव देवेन्द्रकुमार शिवाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here