काठमाडौँ, फागुन १० । भारतको कोलकात्तामा यही फागुन १२ देखि १५ सम्म आयोजना हुने ११ औँ सार्क नेसनल गल्फ च्याम्पियनसिप प्रतियोगितामा भाग लिने तीन खेलाडीलाई आज बिदाइ गरियो ।
नेपाल गल्फ सङ्घद्वारा आज राष्ट्रिय खेलकुद परिषद्मा आयोजित एक कार्यक्रम परिषद्का सदस्य सचिव युवराज लामाले ती खेलाडीलाई बिदाइ गरेका हुन् ।
प्रतियोगिताका लागि नेपाल एमेच्योर नं १ दिनेश प्रजापति, नं २ विष्णुप्रसाद शर्मा र नं १ टङ्क कार्की छनोट भएका छन् ।
सो अवसरमा राखेपका सदस्य सचिव युवराज रामाले गल्फ खेलको विकासका लागि सङ्घले गरेको कार्यको प्रशंसा गर्दै यसको विकासका लागि सरोकारवालाको ध्यान जानुपर्ने बताए ।
सङ्घका महासचिव टासी घलेले खेलाडीको मिहनेतअनुसार सार्क प्रतियोगितामा राम्रो नतिजा हासिल हुने विश्वास व्यक्त गरे । रासस