आइपीएल अक्सन आज, सन्दीपले पाउलान् त मौका ?

0
624

काठमाडौं,

इण्डियन प्रिमियर लिग (आइपीएल) को खेलाडी अक्सन आज हुदै छ। भारतको चेन्नईमा हुने खेलाडी अक्सनमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र सुचीकृत भएका छन्।

आइपीएल अक्सनका लागि यस अघिको प्रारम्भिक चरणमा सन्दीप लामिछानेसहित , विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेस्वाकर, अविनाश बोहोरा र दीपेन्द्र सिंह ऐरी गरि ८ नेपाली खेलाडी सुचिकृत भएका थिए, तर अन्तिम सुचीमा भने नेपालबाट सन्दीप मात्र परेका छन्।

कुल २९२ खेलाडीको अक्सनबाट बढीमा ६१ खेलाडी विभिन्न फ्रेन्चाईजीले किन्ने छन्। जसमा १६४ भारतीय खेलाडी रहेका छन् भने १२५ विदेशी खेलाडी रहेका छन्। त्यस्तै ३ खेलाडी एसोसियट्स देशका रहेका छन्।

अक्सनका लागि छानिएका २९२ खेलाडीमा १० खेलाडीको न्युनतम मुल्य २ करोड रहेको छ भने १२ खेलाडीको डेढ करोड भारतीय रुपैया रहेको छ। त्यस्तै ११ खेलाडीको एक करोड, १५ खेलाडीको ७५ लाख र ६५ खेलाडीको ५० लाख न्युनतम मुल्य तोकिएको छ। अक्सन नेपाली समयअनुसार अपरान्ह तीन बजेर १५ मिनेटमा सुरु हुने छ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको भने न्युनतम मुल्य ४० लाख भारु तोकिएको छ। सन्दीपलाई यस अक्सनमा कुन फ्रेन्चाइजीले किन्छ वा किन्दैन भन्ने विषय अहिलेसम्म अन्योल नै रहेको छ। फ्रेन्चाइजीको विदेशी खेलाडीको कोटा, त्यसपछि टिमको कम्बिनेसन, त्यसमा पनि फ्रेन्चाइजीले भारतीय स्पिनरलाई दिने प्राथमिकता आदि कुराले सन्दीपको सम्भावना कम देखिएको छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here