बोलेरोको ठक्करबाट एक व्यक्तिको मृत्यु

0
633

सुनसरी।

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का २५ बर्षीय डिगन गुरुङको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको छ ।

बुधबार मध्येराती पौने १२ बजे बराहक्षेत्र नगरपालिका–५ भरोल स्थितमा दक्षिण तर्फ जाँदै गरेको को १ ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरित दिशाबाट आउदै गरेको ना३९प ५०७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटसाईकलमा सवार सोही स्थानका २६ वर्षीय कृष्णकुमार राजधामी र २५ बर्षीय डिगन गुरुङ गम्भिर घाईते भएका थिए ।

घाईते मध्ये डिगन गुरुङको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको थियो भने कृष्ण राजधामीको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

ठक्कर दिने बोलेरो र चालक उदयपुर चौदण्डी नगरपालिका बस्ने उदेश राई प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here