क्षितिजमा पत्रकारिता र शिक्षा क्षेत्र पुरस्कार स्थापना

0
916

बिर्तामोड  । 

क्षितिज नाट्य समूह अन्तर्गत बिहीबार एकैसाथ दुईवटा पुरस्कार स्थापनाको घोषणा गरिएको छ ।

क्षितिज नाट्य समूहका केन्द्रीय सदस्य माधबप्रसाद सिटौला र जमुना सिटौलाले आफ्नी आमा देवमाया सिटौलाको ९८ औं जन्मोत्सवको अबसरमा भोलानाथ पत्रकारिता क्षेत्र पुरस्कार स्थापना गरेका हुन् ।

त्यस्तै गोमेन्द्र विर्तामोडल स्कूलका सञ्चालक तथा प्याव्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल र गीता खनालले शिक्षा क्षेत्र पुरस्कार स्थापना गरेका हुन् ।

क्षितिज नाट्य समूहको आयोजनामा बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा भएको कार्यक्रममा सिटौलाले भोलानाथ पत्रकारिता क्षेत्र पुरस्कारका लागि ५१ हजार रुपैयाँ र खनालले शिक्षा क्षेत्र पुरस्कारका लागि ५१ हजार रुपैयाँ अक्षयकोषका लागि प्रदान गरेका थिए ।

चारपाने–अर्जुनधारा बिकास समाज ब्लक नः १ का संयोजक डिल्लीराम सिटौलाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पबित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तत्कालीन चारपाने गाविसका पूर्व अध्यक्ष प्रेमप्रकाश सिटौलाले स्वागत गरेका थिए ।

क्षितिज संगीत साधना प्रतिष्ठानका कलाकारले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रममा ९८ वर्षीया देवमाया सिटौला र प्रमुख अतिथि प्रसाईंले ९८ वटा इँटा बराबरको रकम दानपेटिकामा छिराएर कार्यक्रमको उद्घाटन गरिएको थियो भने जन्मोत्सवको अवसरमा ९८ वटा दिप प्रज्ज्वलन गरिएको थियो ।

सोही कार्यक्रममा आगामी फागुन २० गतेदेखि मेची – महाकाली साइकल यात्रा शुरु गर्न लागेका क्षितिज नाट्य समूहका केन्द्रीय सदस्य झापाली कान्छा अभिषेक र आकाश न्यौपानेलाई सम्मानसहित संस्थाको लोगोसहितको पोशाक र झण्डा हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा ९८ वर्षीया देवमाया सिटौलालाई अभिनन्दन गरिएको थियो भने ज्येष्ठ आमाहरु मायादेवी गुरागार्इं, पम्फादेवी सिटौला, पिठेश्वरी तिम्सिना, कमला ओली, मनमाया सिटौला,हिमादेवी दाहाल, तारादेवी काफ्ले, खगमाया सिटौला, दुर्गादेवी ढुंगेल, कृष्णमाया मैनालीलाई दोसल्ला र सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा निर्माणाधिन झापा नाटक घरमा पूर्व शिक्षा उपसचिव युवराज पाण्डे र मिना पाण्डेले ३३ औं विवाह वर्षगाठको अवसरमा ११ हजार रुपैयाँ , ओमप्रसाद उप्रेती र कल्पना सिटौलाले पाँच हजार एक सय रुपैयाँ र गणेश चुडाल र सामना सिटौलाले पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका थिए ।

कार्यक्रममा ९८ वर्षीया देवमाया सिटौलाले आफ्नो जन्मोत्सवको अवसरमा गुन्द्री, मकै भुट्ने हाँडी, कप्ट्ेरा, ओदान लगायतका सामग्री बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा क्षितिज संगित साधना प्रतिष्ठानका कलाकारहरुले साँगितीक प्रस्तुती दिएका थिए भने नारी चेतना सक्षम संस्थाका पदाधिकारीले संगिनी प्रस्तुत गरेका थिए ।

झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईंले शुभकामना दिएको कार्यक्रमको सञ्चालन क्षितिज नाट्य समूहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here